एस ओ एस स्कूलमा भ्यालीको फुटबल सामाग्री सहयोग

पोखरा

भ्याली स्पोर्टस क्लब रामबजारले स्व. अमन गुरूङ्गले बाल्यकाल देखि अध्ययन गरेको एस ओ एस हरमन माईनर बिध्यालय रामबजार मा एक कार्यक्रमको आयोजना गरी फुटबल ट्रेनिङ्ग सामाग्री हस्तान्तरण गरेको छ ।

कार्यक्रममा रामबजार सोसाइटी यूके का सल्लाहकार रामबजार का तारा समाजसेवी महेश गुरूङ्ग को प्रमुख अतिथिमा फुटबल ट्रेनिङ्ग सामाग्री हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि गुरूङ्गले भ्याली स्पोर्टस क्लबले फुटबल खेल बिकासका साथ साथै सामाजिक कार्यमा अगाडि बढिरहेको अबस्थामा आज एस ओ एस हरमन माईनर बिध्यालय रामबजार का फुटबल खेलाडी भाईहरुको मनोबल उच्च राख्न यसै बिध्यालय मा पूर्व अध्ययन गरि ब्रिटिस आर्मीमा भर्ती भई अचानक स्वर्गारोहण हुनुभएका स्व। अमन गुरूङ्गको सम्झनामा फुटबल ट्रेनिङ्ग सामाग्री हस्तान्तरण गरेकोमा क्लबलाई धन्यबाद दिनुहुदै सानो सानो सहयोगले प्रतिभाशाली खेलाडी उत्पादन गर्न मद्दत पुर्याउने बताउनु भयो ।

भ्याली स्पोर्टस क्लब पोखराले स्व।अमन गुरूङ्ग को सम्झनामा एस ओ एस हरमन माईनर बिध्यालय रामबजार पोखरा(१५ लाई रामबजार सोसाइटी यूके का सल्लाहकार एवं क्लब का सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि महेश गुरूङ्ग, कल्बका अध्यक्ष सम्मर बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष क्या।थमान सिंह थापा, सल्लाहकार खेम गुरूङ्ग र कल्बका पदाधिकारी सदस्यहरुले फुटबल (४ थान, मार्कर(१० पिस, कोन(१० पिस र ब्रिफ २० पिस लगायतका फुटबल ट्रेनिङ सामाग्री एस ओ एस बालग्रामका निर्देशक भगत कुमार श्रेष्ठ र कोच दिपक नेपाली लाई फुटबल ट्रेनिङ्ग सामाग्रीहरू हस्तान्तरण गरिएको थियो ।

उक्त फुटबल ट्रेनिङ्ग सामाग्री हस्तान्तरण कार्यक्रममा एस ओ एस बालग्राम गण्डकी रामबजारका निर्देशक भगत कुमार श्रेष्ठ, भ्याली स्पोर्टस क्लब का पुर्व अधक्ष्य क्या। थमान सिंह थापा, सल्लाहकार खेम गुरूङ्ग, एस ओ एस हरमन माईनर बिद्यालयका खेलकुद प्रशिक्षक दिपक नेपाली, टिम क्याप्टेन आश बहादुर गुरूङ्ग लगायतका बक्ताहरुले आ आफ्नो बिचार राख्नु हुँदै यस्ता सामाग्री हस्तान्तरण कार्यक्रमले बिध्यार्थीहरुको खेल क्षेत्रमा लागि आफ्नो भबिश्य निर्माण गर्न प्रेरणा मिल्ने बताउनु भयो ।

कार्यक्रममा भ्याली स्पोर्टस क्लबका उपाध्यक्ष मिना भण्डारी ले स्वागत गरेको कार्यक्रम भ्याली स्पोर्टस क्लब रामबजार का अध्यक्ष सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम कल्बका सचिव प्रितम गुरूङ्ग र एस ओ एस का प्रदिप मगरले संचालन गर्नुभएको थियो ।

Facebook Comments