केपि, प्रचण्ड माधव मिल्नुहोस् म साम्सद र अध्यक्ष त्याग्न तयार छु: कृष्ण थापा

पोखरा ,१७ बैशाख 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेशसभा सांसद कृष्णबहादुर थापाले पार्टी एकताका लागि आफूले दुवै पद छोडिदिने बताएका छन् । पार्टी एकताको दबाब स्वरुप उनले यस्तो बताएका हुन्।

बुधबार दिउँसो आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले भने, ‘मेरो हात जोडेर बिन्ती छ, आदरणीय नेताहरू हिजो निर्वाचनको बेला महान नेपाली जनताको अगाडि हामीले गरेको प्रतिबद्धता पार्टीको एकीकरण, अग्रगामी विकास, राजनीति स्थायित्व यो प्रतिबद्धता अनुसार पार्टी फुटाउने, सरकारको नेतृत्व फेर्ने हाल कुनै नेतालाई अधिकार छैन।’ उनले पार्टीभित्र सबै नेता मिलेर कम्तीमा पाँच वर्ष एकजुट हुन आग्रह गरे। ‘केपी, प्रचण्ड, माधव लगायतका नेताहरू कम्तीमा पाँच वर्ष मिलेर जानुको विकल्प छैन,’ उनले थपे, ‘पार्टी एकताका लागि आवश्यक परेमा म पार्टी अध्यक्ष र सभासद्को पद छोड्न तयार रहेको जानकारी पनि गराउन चाहन्छु। कुनै पनि देशी, विदेशी षड्यन्त्रलाई परास्त गर्दै अझै एकताबद्ध बन्दै जाऊ।’ थापा नेता, कार्यकर्ताहरु फुटेर होइन, जुटेरै यो संकटबाट पार लागोस् भन्ने चाहन्छन् ।

नेकपा कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले बर्तमान अवस्थामा केपी ओली सरकारकै निरन्तरता अपरिहार्य रहेको बताउनुभएको छ |

Facebook Comments