गण्डकीमा सुस्ताएको चिया खेतिलाइ व्यवसायिकता प्रदान गर्दै वोर्ड


चिया बगानको मनोरम दृश्य र सुन्दरताले हामी जोकोहीलाइ पनि लोभ्याउछ, इलाम र दार्जिलिङ चियालेनै चिनाएका ठाउंहरु हुन्, आज पनि आन्तरिक पर्यटनको लागि इलाम नेपालकै १ नं। को रोजाईको ठाउं हो भन्दा अतियुक्ति नहोला । चियाले पर्यावरण संगै देशको पर्यटन र अर्थतन्त्रलाई पनि टेवा पुर्याईरहेको छ । विश्वमा पानी पछि सर्वाधिक पिईने नरम पेय पदार्थ चियानै हो । चियानै एक त्यस्तो पेय पदार्थ हो जुन सबै वर्ग र विचारधाराका व्यक्तिले पिउने गर्दछन । चियाले ९विशेष गरि ग्रिन टि० उच्च रक्तचापलाई कम गर्ने, मधुमेह, दम लगायतका दिर्घ रोगीलाई आराम दिने, शरीरको छाला चाउरी पर्न कम गर्ने, पाचन प्रक्रियामा मद्दत गर्ने साथै क्यान्सरजन्य कोषहरुलाई नष्ट गर्ने भएकाले चियालाई धेरैले स्वस्थ पेयको रुपमा प्रयोग गर्दछन । चियाको पातको लेपनले मुहारमा चमक र कान्ति ल्याउने भएकाले धेरै कस्मेटिक उत्पादनमा चियाको पात र चियाको तेलको प्रयोग हुने गर्दछ ।
नेपालमा वि. स. १९२० देखि चिया रोपण शुरु गरिएको थियो भने वि. सं. १९३५ मा पहिलो चिया उद्योग इलाम टि फ्याक्ट्रीको स्थापना भएको थियो ९नेपालको पहिलो उद्योग पनि यसै उद्योगलाई चिनिन्छ० । हाल नेपालमा झन्डै ३० हजार हेक्टरमा चिया खेति गरिदै आएको छ भने झन्डै २ करोड ५० लाख केजी चिया उत्पादन भएको छ भने वार्षिक ३ अर्व रुपयाँ भन्दा बढीको चिया विदेश निर्यात हुदै आएको छ जसले नेपालको व्यापार घाटा कम गर्न थोरै मात्रामा भएपनि योगदान पुर्याउदै आएको छ ्र नेपाल चियामा आत्मनिर्भर हुनुका साथै उच्च स्तरको स्वाद र गुणस्तरको भएको हिमालयको चिया भनि विश्वमा परिचित छ ।


गण्डकी प्रदेश कृषि क्षेत्रमा सबै प्रकारको खाद्यन्न, फलफुल तथा पशुपालनमा अति सम्भावित क्षेत्र हो ।गण्डकी प्रदेशमा कफी र अलैचीसंगै अर्को नगदेबाली चिया खेति विस्तार भएपनि व्यवसायिकता भने पाउन सकिरहेको छैन ्र खासगरी गण्डकी प्रदेशमा चिया खेति उत्पादनमुखी भन्दा पनि होमस्टे, पार्क लगायतका स्थानमा चिया पर्यटन र सौन्दर्यकरणको लागी लगाउने क्रम रहेको देखिन्छ। विगत लामो समय देखि रोपण भएका तर व्यवस्थित हुन नसकेका चिया बगानहरु व्यवस्थित गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्राविधिक सहयोग गरेपछि चिया किसानहरुमा नयाँ उर्जा थपिएको छ । विभिन्न संघ संस्था र बोर्डकै सहयोगमा गण्डकी प्रदेशका कास्की, लमजुंग, पर्वत लगायतका जिल्लाहरुमा स्थापित चिया बगानहरु प्राविधिक ज्ञानको कमिले चियाबोटको फ्रेम बनाउन र घरेलु प्रविधिबाट चिया प्रशोधन गर्न नजान्दा चियाको बोट बारीमा हुर्किदै जाने र चिया खपतको लागि हजारौ रकम खर्च भैरहने बिडम्बना रहेको थियो ।

गत वर्ष देखि बोर्ड, क्षेत्रीय कार्यालयले चिया संग सम्बन्धित कार्यक्रमहरु संचालन गरे पछि यो बिडम्बना हट्दै गएको छ । विगत देखि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले रहरले रोपेका चियाको बगैंचालाई व्यवस्थित गरि स्थानीयस्तरमै चियाको विरुवा उत्पादन गरि चिया क्षेत्र विस्तार कार्य मार्फत व्यवसायिकता प्रदान गर्न थालिएको हो ।
गण्डकी प्रदेशको म्याग्दी, पर्वत, बाग्लुंग, कास्की, लम्जुंग र गोरखा जिल्लामा चिया खेति गरिदै आएको छ भने कास्की जिल्लामा एक उद्योग पनि संचालित रहेको छ । पूर्वी जिल्लाको चिया जसरी तेश्रो मुलक निर्यात हुन्छ त्यसरी नै कास्कीमा रहेको ल्वाङ टी स्टेट प्रा। लि। को चिया पनि तेश्रो मुलिक निर्यात हुँदै आएको छ । हाल सम्म गण्डकी प्रदेशमा झन्डै २४०० रोपनीमा चिया खेति गरिदै आएको छ भने उत्पादन झन्डै ४००० किलो रहेको छ । उत्पादित चिया मध्य अधिकांस अर्थोडक्स चिया रहेको छ भने केहि मात्रामा ग्रिन टि र अन्य स्पेसियालिटि चिया पनि बन्दै आएको छ । गण्डकी प्रदेशमा उत्पादित चिया केहि मात्रामा निर्यात हुने र बाँकी चिया स्थानीय स्तरमै खपत हुदै आएको छ

्र
यस वर्ष राष्ट्रिय चिया तथा काफी विकास बोर्ड, क्षेत्रीय कार्यालयको आर्थिक एबं प्राबिधिक सहयोगमा आगामी वर्ष चिया क्षेत्र विस्तारका लागि झन्डै १ लाख नर्सरी विरुवा उत्पादनको लागि वोर्ड कार्यालय, पोखरा र माछापुछ्रे गाउँपालिकामा गरि १२ वटा नर्सरी स्थापना गरिएको छ । आगमी २ वर्ष भित्र गण्डकी प्रदेशमा १००० रोपनीमा चिया खेति विस्तार गर्ने कार्यालयको लक्ष्य रहेको छ । म्याग्दीको बेनी नगरपालिका, गौशरा, बागलुंगको ताराखोला गाउँपालिका, पर्वतको महाशिला गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, माछापुछ्रे गाउँपालिका, मादी गाउँपालिका, लम्जुंगको घले गाउँ, भुजुंग गाउँ, र गोरखाको अजिरकोट गाउँपालिकामा चिया खेति गरिदै आएको छ । ति स्थानहरु मध्य कास्कीमा १ उद्योग संचालनमा रहे पनि अन्य स्थानमा घरेलु प्रविधि बाट चिया बनाउदै आएका छन् । बोर्डले अबको योजनामा प्रदेशसंगको समन्वयमा चिया क्षेत्र विकास कार्यक्रम लागु गरि गण्डकी प्रदेशमा चिया खेतीलाई प्रवर्द्धन गर्ने योजना बनाएको छ । आगामी वर्ष धेरै चिया उत्पादन हुने क्षेत्रमा चिया प्रशोधन केन्द्र स्थापना गर्ने, साना चिया बगान भएको क्षेत्रहरुमा थप चिया रोपण गरि क्षेत्र विस्तार गर्ने, चिया नर्सरी स्थापना गर्ने, चिया प्रशोधन नभएको क्षेत्रमा हाते चिया प्रशोधनको तालिम प्रदान गर्ने लगायतका कार्यक्रम संचालन गर्ने योजना रहेको बोर्डका नि. क्षेत्रीय निर्देशक चन्द्र पुरीले जानकारी दिनुभयो ।

Facebook Comments