गण्डकी प्रदेशमा थप २० जनामा काेराेना पुष्टि,संक्रमितको संख्या ५ सय ४०

स्याङ्जा र नवलपुरमा साेमबार बिहान थप २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जाकाे अर्जुनचाैपारीका १० र कालीगण्डकीका २ जनामा काेराेना पुष्टि भएकाे हाे । अर्जुनचाैपारीका २ महिला हुन भने अरु सबै पुरुष हुन् । स्याङ्जामा ९८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

नवलपुरकाे बाैंदीकाली गाउँपालिकाका ८ जनामा काेराेना पुष्टि भएकाे हाे । याेसँगै नवलपुरमा १ सय ४० जनामा काेराेना देखिएकाे छ ।गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ |

साेमबार पुष्टि भएका सबै भारतबाट फर्किएको हुन् । सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेकाे र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छगण्डकीका ११ वटै जिल्लामा काेराेना संक्रमण भेटिएकाे छ । मनाङ र मुस्ताङ र लमजुङमा हालसम्म १/१ जनामा संक्रमण भएकाे छ । बागलुङमा १ सय १७ र कास्कीमा १७ जनामा काेराेना पुष्टि भइसकेकाे छ ।साेमबार बिहानसम्मकाे तथ्या‌ंक अनुसार हालसम्म प्रदेशमा ५५ जना   निकाे भएर घर फर्केका छन् । ५८ वर्षे १ पुरुषकाे मृत्यु भएकाे छ ।

Facebook Comments