Trending

गण्डकी प्रदेश सरकारले अार्थिक मामिला मन्त्री किरण गुरुङको संयोजकत्वमा कोरोना नियन्त्रण समिती बनायो ,१५ करोडको कोष स्थापना (हेर्नुहोस् मन्त्री परिषदका निर्णयहरु भिडियो सहित )

पोखरा ,चैत्र १२
गण्डकी प्रदेश सरकारले अार्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको संयोजकत्वमा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हरिवहादुर चुमान, भाैतिक पूर्वाधार विकास मन्त्री माननीय रामशरण वस्नेत, सामाजिक विकास मन्त्री माननीय नरदेवी पुन मगर र प्रमुख सचिव हरिप्रसाद वस्याल सदस्य रहेको ५ सदस्यीय समिति गठन गरेको छ ।
गण्डकी प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि १५ करोडको कोष स्थापना गरेको छ । कोषमा सवै मन्त्रीले १ महिनाको तलव जम्मा गर्ने , सहयोग गर्न , निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, व्यापार व्यवसायी लगायत सवैलाई अाग्रह गर्ने र प्रदेश अन्तर्गतका जिल्ला अस्पतालहरुलाई कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन सम्वन्धी अावश्यक सामग्री खरिदका लागि पहिला ५/५ लाख दिइएकोमा ५/५ लाख थप गर्ने निर्णय गरेको छ ।(हेर्नुहोस् मन्त्री परिषदका निर्णयहरु भिडियो सहित) https://www.facebook.com/borangebikram/videos/2811532598936344

Facebook Comments