गायक कृष्ण भण्डारीकाे नयाँ गित ‘जुरेली’ सार्बजनिक।(भिडियाे सहित)


गायक कृष्ण भण्डारीले नयाँ माैलिक गित ‘जुरेली’  बुधबार युटुब मार्फत सार्बजनिक गरेका छन ।
गित संगितमा सानैदेखि अभिरुचि राख्ने  भण्डारीले यस अघि नै  बजारमा थुप्रै हिट गितहरु पस्किसकेका छन् । उनका गितले दर्शक तथा स्रोताको अत्याधिक माया पाउन सफल भएका छन्
पछिल्लो समयमा धेरै दर्शक स्रोताले उनका गितहरु मन पराएको कारणले गर्दा अहिले उनको व्यस्तता बढीरहेको पनि छ ।
राम्रो छ भने ताली र यदी काम राम्रो छैन भने गाली गर्न चुक्नु हुदैन उनी भन्दछन् । राम्रो भनेर प्रतिक्रिया पाउदा नयाँ उर्जा, जोश थपिन्छ भने यदि आफुले गरेको काम राम्रो छैन भने गाली दिदा अझ सजकता हुन सकिने भएकाले आफुले यदि नराम्रो गरेको छ भने गाली गर्न पनि आग्रह गर्दछन् ।
पाेखरा वडा न २३ मा  जन्मेका उनि सानैदेखि बिधालय तथा कलेजमा पनि गित सँगितमा भागलिने गरेका थिए ।अहिले भण्डारीले लाेकगित संगितलाई जिबनकाे पाटाे बनायर अगाडि बढेका छन।
बुधबार राधाकृष्ण प्रोडक्सनको अफिसियल युटुब  च्यानलमार्फत सार्बजनिक गरियकाे उक्त गित ‘जुरेली’मा कृष्ण भण्डारी र पुर्णकला बि सी काे स्वर रहेकाे छ।( स्रोत : बाकी समाचार )

हेर्नुस भिडियो

Facebook Comments