Trending

गायिका अम्विका भण्डारीको ‘उही वनपाखामा’ सार्वजनिक

पोखरा, २० साउन

गायिका अम्विका भण्डारीको भिडियोसहितको तीज गीत उही वनपाखामा सार्वजनिक भएको छ । यो गीत नमस्ते पोखराको युटुव च्यानलमार्फत बिहीबार सार्वजनिक भएको हो ।गीतको लय, शब्द, स्वर र निर्देशन समेत गायिका भण्डारीकै हो । निर्माता भने भण्डारीका पति गोपाल भण्डारी रहेका छन् ।नमस्ते पोखरा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको अरेन्ज जुजु गुरुङ र रेकर्डिप्ट साहिल गायकले गरेका हुन् । भिडियो निर्माण भने शिवम् डिजिटल स्टुडियोले गरेको हो ।

भिडियोमा गायिका भण्डारीकी छोरी करुणा भण्डारीका साथै सरिता सुवेदी र ज्योती सुवेदीको नृत्य रहेको छ ।यसैगरी प्रमिला तुलाचन, बुद्धि खनाल, विमल अधिकारी, भावना पन्त, उर्मिला पौडेल र कमल भण्डारीले गीतको भिडियोमा अभिनय गरेका छन् ।

गीत मार्मिक र बेदनाले भरिपूर्ण छ । सासुको खटनमा बुहारी लगायतका विषयवस्तु पनि गीतमार्फत उठान गर्न खोजिएको छ ।साहित्यकार समेत रहेकी भण्डारीका यसअघि पनि आधा दर्जन तीज गीत एल्वम र पुस्तक बजारमा आइसकेका छन् ।

लाखौं दिदीबहिनीको यथार्थ जीवन र कथा ब्याथा बोकेर आफू आएको गायिका भण्डारीले बताएकी छन् । कोरोनाले विश्व रोएको बेलामा पनि गर्भमा रहेको शिशुलाई जन्म दिनुपर्छ भनेर नै आफूले यस्तो निर्णय लिएको उनले स्पष्ट पारिन् । दर्शक श्रोताले विगतमा जस्तै यसपटक पनि माया गर्ने उनको विश्वास छ ।

तीजगीत भिडियो

Facebook Comments