गोरखा गण्डकी गाउँपालिकाका चेपाङ परिवारलाई खाध्यान्न सहयोग


राजेन्द्र न्यौपाने
गोरखा, १७ बैशाख । गण्डकी गाउँपालिका वडा नं १ मकैसिं स्थित स्यामतेस र
पाङखोलामा रहेका ३० घरधुरी चेपाङ परिवारलाई अष्ट्रेलियामा रहेका जोन
घलेको सहयोगमा खाध्यान्न सहयोग भएको छ ।
माछा खोलामा निर्माणाधिन विकास हाइड्रो पावर कम्पनीका सञ्चालक समेत
रहेका घलेले यस अघि उत्तरी गोरखामा रहेका समस्यामा परेका परिवारलाई समेत
सहयोग प्रदान गर्दै आइरहेका छन् ।
आज एक कार्यक्रमका वीच २० बोरा चामल, नुन, तेल गण्डकी गाउँपालिका वडा
नंं। १ का सदस्य मीन बहादुर सुनार लगायतको रोहवरमा पीडित परिवारलाई
हस्तान्तरण गरिएको थियो । दैनिक ज्यालादारीहरुको समस्यामा स्थानीय सरकार
हनुमान समान रहेपछि पीडित परिवारलाई मनकारीहरुले सहयोग गरेका हुन् ।

Facebook Comments