चलचित्र पत्रकार संघमा नयाँ नेतृत्त्व

काठमाडौं । नेपाल चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला  निर्वाचित भएका छन् । सोमबार आयोजित संघको आठौँ महाअधिवेशनमा प्रतिस्पर्धी डब्बु क्षेत्रीलाई पराजित गर्दै सिटौला अध्‍यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै संघको उपाध्यक्ष (कार्यक्रम) तर्फ जीवन पराजुली अर्का उपाध्‍यक्ष (संगठनतर्फ) कुवेर डंगोल, महिला उपाध्‍यक्षमा दीपज्‍योति थापा, महासचिवमा समीर बलामी, सचिव (खुल्ला) तर्फ रघुनाथ सापकोटा , सचिव (जनजाति) तर्फ विशाल राई निर्वाचित भएका छन् ।प्रदीप कार्की संघको कोषाध्‍यक्षमा निर्वाचित भएका छन् भने सह–कोषाध्‍यक्षमा विनोद पोखरेल विजयी भएका हुन् ।संघको सदस्‍यहरुमा मिलन ढुगाना, नविन गिरी, गणेश ओली ‘आशिश’, सृष्टि पोखरेल, सुरक्षा भट्टराई (महिला), मनिषा दाहाल ‘अन्जान’, गोपीकृष्ण चापाँगाई र दीपक गुरुङ (समावेशी) आएका छन् ।

Facebook Comments