Trending

चुनाब भयो भने आँधी हुरी आउँछ भन्नेलाई चुनावी नतिजाले उडाउनेछ’- नेता अधिकारी


पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रिय सदस्य तथा गण्डकी सह—इन्र्चाज खगराज अधिकारीले चुनाव भयो भने आँधी हुरी आउँछ भन्नेलाई चुनावी नतिजाले उडाउने बताएका छन् ।
नेकपा गण्डकी प्रदेश कमिटीको आयोजनामा फागुन १५ गते हुने बृहत आमसभाको तयारीका लागि पोखरा—१५ मा गरिएको युवा भेलामा बोल्दै नेता अधिकारीले केपी ओली सरकारका राष्ट्रवादी कदमको सबैले सर्मथन गर्नपर्ने बताए ।
राष्ट्रियताको झण्डालाई केपी ओलीले माथि उठाएको भन्दै युवाहरुले साथ दिनुपर्ने उहाँको भनाइ थियो ।
‘प्रचण्ड झलनाथ र माधव नेपालले भुमि फिर्ता बारे केही बोलेनन् केही गरेनन् तर केपी ओलीको सरकार आएपछि च्यातिएको देश जोड्छु र भुमि फर्काउँछु भनेर नक्सा प्रकाशन गर्यो’,उनले भने,‘कालापानी लिपुलेक लिम्पियाधुराबाट भारतिय फौज हटाउछु भन्ने केपी ओलीलाई युवाले साथ दिनुपर्छ’ ।
देशलाई एकताबद्ध बनाउनका लागी पार्टी एकता जोगाउन आवश्यक रहेको उनले बताए ।
नेकपा केन्द्रिय सदस्य तथा कास्की अध्यक्ष कृष्ण थापाले केपी फागुन १५ गते कास्कीले करिब ६० हजार जनता उतार्ने तयारी गरिरहेको भन्दै युवाहरुलाई तयारीमा जुट्न आग्रह गरे ।
उनले अब आसन भाषण र शासनमा युवाहरुको आवश्यकता रहेको बताए ।
१ सय ५५ जना रहेको कास्की जिल्ला कमिटीमा १ सय ९ जना केपी ओली पक्षमा रहेको थापाले बताए ।
यस्तै पोखरा महानगरपालिकाका मेयर उपमेयर सहित १ सय ७ जना जनप्रतिनिधि समेत संस्थापन तर्फ रहेको उनको भनाइ थियो ।
‘कास्कीमा पार्टी फुटेको छैन केपी ओलीको पक्षमा पार्टी छ तपाई हाम्रो पक्षमा पार्टी छ’, अध्यक्ष थापाले भने ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मन बहादुर गुरुङ, नेकपा केन्द्रिय सदस्य बालसिंह काउछा मगर , राष्ट्रिय युवा संघ केन्द्रिय सचिव महेन्द्र गुरुङ लगायतले बोलेका थिए ।

Facebook Comments