Trending

जापानमा आँधीका कारण ‘भयानक बाढी’ आउनसक्ने विज्ञहरूको चेतावनी

टोकियो । जापानका उद्धारकर्मीहरूले ठूलो आँधीका कारण भूस्खलन र भयानक बाढी आउन सक्ने चेतावनी दिएका छन् । यसपालि आएको आँधी हालैका दशकहरूमा सबैभन्दा खतरनाक रहेको बताइएको छ ।

दक्षिणी टापु क्युसुमा आइतबार बिहान आएको नानमाडोल आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।उक्त आँधीको कारण ९० लाख मानिसहरूलाई स्थानान्तरण गर्न भनिएको छ र ३ लाख ५० हजारभन्दा बढी घरहरू बिजुलीबत्तीविहीन अवस्थामा छन् । जापानी मौषम पूर्वानुमानअनुुसार आगामी २४ घण्टामा ४०० मिलिमिटरसम्म वर्षा हुनेछ ।राज्य समर्थक मिडिया एनएचकेले कार बाढीमा डुब्दा एकजनाको मृत्यु भएको र अर्कोको पहिरोमा पुरिएर ज्यान गएको जनाएको छ । एकजना अझै बेपत्ता छन् र रिपोर्टहरूकाअनुसार ८७ अन्य घाइते भएका छन् ।

उक्त आँधी प्रतिघण्टा २३४ किलोमिटरको रफ्तारमा आएको छ भने आँधीले घरहरू ध्वस्त पारेको छ । यातायात तथा व्यवसायहरू अवरुद्ध बनाएको छ । विज्ञहरुले आँधीको मापन गर्दा श्रेणी चार वा पाँच तूफान बराबर रहेको बताइएको छ । आँधीलाई सफिर–सिम्पसन तूफान हुरिकेन स्केलमा त्यसको वेगको प्रभावअनुुसार १ देखि ५ श्रेणीसम्म वर्गीकरण गरिन्छ । यता राजधानी टोकियोमा भारी वर्षा भएको छ । बाढीका कारण तोजाईको भूमिगत सेवाहरु अवरुद्ध भएका छन् । जनजीवन प्रभावित भएको छ । बुलेट ट्रेन सेवाहरू, डुंगाहरु र सयौँ उडानहरू रद्द गरिएका छन् । पसल र व्यापार बन्द छन् भने स्थानीय भिडियो फुटेजले भवनको छाना भ्वाङ परेको र होर्डिङबोर्डहरु ढलेको देखाएको छ ।प्रधानमन्त्री फुमियो किशिदाले आँधीको प्रभावको अनुगमन गर्न न्युयोर्क भ्रमण मंगलबारसम्मका लागि रोकेका छन् । उनले त्यहाँ संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

Facebook Comments Box