टाढा भकीछौ’ सार्वजनिक

उत्कृष्ट गीतहरु बजारमा ल्याउदै आएको दियान मिडियाले यसपली पनि निकै आश लाग्दो गीत ‘टाढा भकीछौ’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको छ । माया पिरतीमा धोका पाएका मायालु जोडीहरुको कथा बोलेको गीतको शब्द तथा लय सृजना नारायण भट्टराईले गरेका छन भने आवाजमा नारायण भट्टराई संगै सुनिता नेपालीलाई पाउन सकिन्छ । तारानाथ आचार्यले संगीत संयोजन गरेको गीत को ध्वनी सम्पादन दिपक सँगम बिसीले गरेक हुन । 

दिपिका जेनी, पूर्ण गुरुङ र सुमन खड्काको अभिनय रहेको गीतको निर्देशन नारायण भट्टराईले गरेका छन भने छायांकन तथा सम्पादन शिव भुर्तेलले गरेक हुन । प्राय मनिषहरुको भोगाइलाई गीतले बोलेको हुँदा सबैको अपार माया पाउनेमा विश्वाशत रहेको निर्माण पक्षको भनाइ छ ।

Facebook Comments