Trending

डा. आरसी लामिछानेको ‘खुशी हुँदै फर्कन स्वदेश’ बोलको गीत सार्वजनिक


पोखरा, १४ माघ
विकासविद् तथा सकारात्मक सोचका अभियन्ता डा. आरसी लामिछानेद्धारा लिखित ‘हामी सबैले सक्दछा’ै पश्चात अर्को गीत ‘खुशी भएर फर्कन स्वदेशमा’ बोलको गीत सार्वजनिक भएको छ । उत्प्रेरणामुलक उक्त गीत इरिप्स नामक युटुव च्यानलवाट सार्वजानीक भएको हो ।
विभिन्न कारणले प्रदेशमा गएर काम गर्न वाध्य युवा युवतीलाई काम गर्न सकारात्मक उर्जा मिलोस् र प्रदेशको वसाइ सहज हुने मनस्थिती बनोस् एवम् परिवारका सदस्यहरुसँग सकारात्मक सन्देश आदान प्रदान गर्न हौसला वढोस् भन्न भाव बोकेको उक्त गीतले बोकेको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका पूर्व कार्यकारी निर्देशकसमेत रहेका लामिछानेले गीतमा गायक एवम् सङ्गीतकार नरहरी प्रेमी र गायिका सुमिना लोसँगै टेरेसा विश्वकर्मा र अनिल श्रेष्ठको स्वर रहेको छ भने लक्षुप्रकाश मल्लले सङ्गीत संयोजन गरेका छन् ।
हामीले दृष्टिकोण वदल्न सक्यौ भने देश भित्र नै धेरै अवसरहरु सिर्जना गर्न सक्दछौ, देश भित्र नै उद्यम विकासका अपार अवसर र संभावनाहरु भएको कुरा गीतले देखाएको सर्जक लामिछानेले बताए । ‘निराश भई विदेशमा वस्नु भन्दा खुशी हुदै स्वदेश फर्केर परिवारका सदस्यहरु मिलेर वाँझो खेतमा उत्पादन गरेर र स्वदेशमा नै उद्यम गरेर पनि सम्पत्ति कमाउन सकिने पयाप्त अवसरह छन भन्ने सन्देश गीतले दिन खोजेको छ ।’ लामिछानेले भने ।
गीतले परिवारका सदस्यहरुका सकारात्मक उपलब्धीहरु, सकारात्मक सन्देशहरु र सकारात्मक शब्दहरु नै प्रदेशी जीवनका उत्साह र उमंगका श्रोतहरु भएको कुरामा जोड दिएको उनले बताए । डा लामिछानेका अनुसार माानिस भित्र अथाहा सकारात्मक उर्जा हुन्छ र यदि मानिसमा भएको सकारात्मक उर्जालाई वढाउन सके संसारै उज्यालो बनाउन सकिने सन्देश सहितको यो गीत विभिन्न सकारात्मक सोच जगाउन आयोजना गरिने तालिममाका लागि पनि प्रभावकारी हुन सक्दछ ।
करिव १७ वर्षदेखि प्रशंसनीय खोज सम्बन्धी तालिम दिदै आएका लामिछानेले अमेरीकाको केस वेस्टन विश्वविद्यालयबाट प्रशंसनीय खोजमा अध्ययन पनि गरेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सकारात्मक सोच र प्रसंसनीय खोज र व्यवस्थापन तथा शान्ति निर्माणका प्रशिक्षक समेत रहेका डा. लामिछानेले नेपाल लगायत चीन, भारत, बंगालादेश, फिलिपिन्स, दक्षिण अफ्रिका, कोरीया, थाइल्याण्ड, मलेशीया टर्की, श्रीलंका लगायतका देशहरूमा विभिन्न कार्यक्रमहरुमा सहजीकरण गरेका छन् । हाल पोखरा महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्षको रुपमा कार्यरत लामिछानेका गीत युटुव च्यानल The ERIPS मा सुन्न सकिन्छ ।

Facebook Comments Box