Trending

दुई दिने विदाको होटल संघद्वारा स्वागत

पोखरा, १६ वैशाख । हप्तामा दुई दिन विदा दिने सरकारको निर्णयलाई होटल संघ पोखरा नेपालले स्वागत गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले शुक्रबार एक विज्ञप्ति जारी गरी आगामी जेठ १ गतेबाट लागू हुने गरी मन्त्रीपरिषद्ले गरेको शनिबार र आइतबार विदा दिने व्यवस्थाले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘पर्यटन क्षेत्र लामो समयदेखि विविध समस्याबाट प्रताडित हुँदै आएकोमा दुई दिने विदाको व्यवस्थाले केही रुपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास हामीले लिएका छौं ।’ दुई दिन विदाको व्यवस्थालाई संघले लामो समयदेखि माग गर्दै आएको पनि अध्यक्ष सुवेदीले स्मरण गराए ।

कोभिड– १९ को महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने विदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रुपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास संघको रहेको सुवेदीले उल्लेख गरेका छन् । 

Facebook Comments Box