देवको ‘हल्ला भो’ सार्वजनिक

देव तन्डुकारको स्वरमा समावेश ‘हल्ला भो’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा जितेन लेप्चाको शब्द तथा संगीत छ ।

यूवायूवतीविच माया प्रेम भएपछि गाउँमा हल्ला भएको र परिवारसम्म यो कुरा पुगेको बिषयलाई भिडियोमा देखाउन खोजिएको छ ।रुशिल अमात्यले निर्देशन गरेको भिडियोलाई बासु बरालले छायांकन गरेका हुन् भने सिलन लम्साल यसका सम्पादक हुन् । यो भिडियोमा भिमसेन खतिवडा, लक्ष्मण चौलागाँई, मन महर्जन, गंगा चौहान, निशा श्रेष्ठ, सविन जमरकट्टेल, साल्भिक सुर्खेतीको अभिनय छ ।

Facebook Comments