नेउवा महासंघको केन्द्रीय सदस्यमा पोखराका दामु अधिकारी र बाबुराम गिरी बिजयी

नेपाल उद्योग वाणिाज्य महासंघ केन्द्रीय सदस्यमा दामु अधिकारी विजयी भएका छन् । संस्थापक सदस्यबाट उनी केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उत्तम लाल चुकेलाई उनल पराजित गरेका हुन् । अधिकारी चन्द्र ढकाल प्यानलबाट उठेका थिए ।
आफु सो क्षेत्रको प्रर्वद्धनमा आफु अझै सक्रिय भएर लाग्ने उनले बताए ।
त्यस्तै महासंघमा गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा बाबुराम गिरी विजयी भएका छन् । निर्माण कुमार श्रेष्ठलाई उनले पराजित गरेका हुन ।
विजयी भएपछि गिरी र अधिकारी दुबैले मतदातालाई धन्यवाद व्यक्तः गरेका छन् ।
Facebook Comments