नेशनल लाईफ इन्स्योरेन्सद्वारा एकैदिन ३ वटा मृत्‍युदाबी भुक्तानी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पोखराले आज एक कार्यक्रमको आयोजना गरी ३ वटा मृत्‍युदाबी भुक्तानी गरेको छ । कम्पनीको प्रदेश कार्यालय, पोखरामा आयोजित कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले दिबङ्गत सुरेश गिरी, मिरा मुल्मी र चन्द्र कुमारी गुरुङको मृत्यूदाबी बापतको रकम क्रमस: रु ११ लाख २४ हजार, १२ लाख ४५ हजार र १ लाख ४९ हजार ५ सय निजका हकवाला सुनिता गिरी, प्रेक्ष्या मुल्मी र दुर्गादेवी गुरुङलाई हस्तान्तरण गर्नु भएको थियो ।

कम्पनिका गण्डकी प्रदेश प्रमुख केशबराज ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले अहिलेको महामारिले गर्दा जिबन बिमाको महत्व अझ बढेको बताउदै दुरदराजमा रहेका जनता माझ बिमा अभिकर्ताहरु पुग्नु पर्ने बताउनु भयो । कम्पनिका बिकास अधिक्रित मनोज भारतीले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा ब्यवसाय प्रबन्धक राधाकृष्ण घिमिरेले मन्तब्य राख्नु भएको थियो ।

कम्पनिमा दिबङ्गत सुरेश गिरीले २०७५ कार्तिकमा र मिरा मुल्मीले २०७२ पौषमा रु १०, १० लाखको अमृत बर्षा-१ जिबन बिमा र चन्द्रकुमारी गुरुङ्ले २०६९ श्रावणमा रु १ लाखको जिबन अमृत बिमा गर्नु भएकोमा मिरा मुल्मीले २०७६ पौषमा ४ बर्ष पुरा भएकोले पहिलो किस्ता बापतको रकम रु ३ लाख ३३ हजार भुक्तानी लिइ सक्नु भएको जनाइएको छ।

Facebook Comments