पोखरा उद्योग वाणिज्य संघमा सुदिप प्रधानाङ्गको उम्मेदवारी युवालाइ स्वदेशमै व्यवसायका लागि आकर्षिक गर्न


पोखरा २० पौष

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिबेशन युवा व्यवसायी सुदिप प्रधानाङ्गले कार्यसमिती सदस्यका लागि उम्मेदवारी दिएका छन् । युवा पुस्ताले पनि व्यवसायीको नेतृत्व गरि व्यवसायिक हकहितमा लाग्नुपर्ने अवधारणा लिएर उम्मेदवारी दिएको प्रधानाङ्गले बताए ।

छोटो समयमै व्यावसायिक सफलता हात पार्न सफल प्रधानाङ्गको पोखरा विरौटामा विरौटा हार्डवयर एण्ड सेनेटरी, श्रेयङ्गस सप्लार्यस रहेको छ । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यहि पौष २४ र २५ गते ३३ औं महाधिबेशन हुँदैछ । व्यवसायीहरु फरक फरक २ प्यानलमा बिभाजित भएर आफ्नो पक्षमा मत मागिरहेका छन् । कार्यकारिणी सदस्य पदका लागि प्रधानाङ्गले भने स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

आफु विगत ९ वर्षदेखि व्यावसायमा संलग्न रहेको र व्यावसायीका समस्याबारे जानकार रहेको बताउँदै कुनैपनि पार्टी र संगठन भन्दापनि नितान्त व्यावसायीका हकहित र समस्या सम्बोधनका लागि नै आफुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले बताए ।

उनीसंग सेल्सम्यान, मार्केटिङ्ग लगायतको अनुभव रहेको छ । एकातिर युवाहरु कामको खोजीमा विदेशीने र अर्कातिर नेपालमा दक्ष जनशक्तिको अभाव रहेकाले कामलाई सानो वा ठुलो भन्दापनि सवै काम उत्तिकै महत्वपुर्ण हो भन्ने कुरा युवा पुस्तालाई बुझाउन सके युवाहरु कामको खोजिमा विदेश भौंतारिन नपर्ने र नेपालमै उद्यम गर्न युवाहरु सक्षम हुने उनको भनाई छ । नयाँपुस्ताका युवा व्यवसायीहरुको प्रतिनिधित्व गर्दै आफ्नो उम्मेदवारी भएकाले मतदाताले मत दिनेमा आफु विश्वस्त रहेको उनले सुनाए ।

Facebook Comments