पोखरा उद्योग वाणिज्य संघको मतगणना शुरु

पोखरा उद्योग वाणिज्य संघको नया नेतृत्वका लागि शनिबार भएको मतदानको मतगणना शुरु भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा हुने मतगणना विहान ८ बजेदेखि हुने भनिए पनि ११ बजेबाट मात्र शुरु भएको निर्वाचन समितिले जनाएको छ ।

यो समाचार तयार पार्दा सम्म सदस्य तर्फको कुल १२ मत सय गणना भएको स्रोतले बताएको छ ।
सदस्यहरुको गणना पश्चात अध्यक्ष सहितका पदाधिकारीतर्फको गणना हुने बताइएको छ ।

संघको शनिबार भएको मतदानमा ७४.९८ प्रतिशत मत खसेको थियो । निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठका अनुसार कुल ३ हजार १ सय ५४ मत मध्ये शनिबार भएको मतदानमा २ हजार ३ सय ६५ मत खसेको छ ।

Facebook Comments