पोखरा उद्योग वाणिज्य संघको सदस्यको मत गणना सकियो ( हेर्नुस् को को बिजयी बने)

पोखरा उद्योग वाणिज्य संघको नया नेतृत्वका लागि भएको मतदानको मतगणना जारी छ । मत गणना अन्तर्गत अहिले कार्यकारिणी सदस्यको मतगणना सम्पन्न भएको छ ।

सदस्यको अन्तिम मत परिणाम अनुसार शोभा गौतम (बिजयी)ले १ हजार ७ सय मत प्राप्त गरेकी छन् भने देबेन्द्र केसी (बिजयी) ले १ हजार ६ सय ८५मत प्राप्त गरेका छन् ।

त्यस्तै, कुमारी मुना बास्तोला(बिजयी) १ हजार ६ सय २६ ,स्वतन्त्र उमेदवार उत्तममान बुद्धाचार्य (बिजयी)ले १ हजार ५सय ९७, हरिराज पन्त (बिजयी)ले १ हजार ३ सय ८८, सुदीप प्रधानाङ्ग (बिजयी)ले १ हजार ४सय १४ मत प्राप्त गरेका छन् ।

यसैगरी, भरत केसी (बिजयी) ले १३ सय २३, दीनेशचन्द्र बास्तोला (बिजयी)ले १२ सय ८२, सुदनबहादुर कोईराला (बिजयी) ले १२ सय ७९, पवित्रादेवी गुरुङ (बिजयी)ले १२ सय ४१,कीर्तिबल्लभ त्रिपाठीले १२ सय ३८, ऋषिराम शर्मा भण्डारीले ११सय ८२, , रामेश्वर अधिकारीले ११सय ११ मत प्राप्त गरेका छन् ।

सदस्य पदका अन्य उमेदवारहरु बिनोद केसीले ९सय २७, उत्तम सेवक कार्कीले ९सय १३ र राम गौतमले सबैभन्दा कम ८सय मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

संघको पदाधिकारीको मतगणना भने गर्न बाँकी छ । कार्यकारिणी सदस्यको मत गणना सकिएपछि मात्रै पदाधिकारीको मत गणना हुने निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए

Facebook Comments