पोखरा चेम्बर अफ कमर्स कास्कीको आपुर्ती व्यवस्था सहज गर्न आग्रह


पोखरा, ९ चैत
पोखरा चेम्बर अफ कमर्स कास्कीले कोरोना भाइरसको सिर्जित असहज अवस्थामा पेट्रोलियम पदार्थ, औषधी खाद्यान्य जस्ता दैनिक उपभोग्य बस्तुको सहज आपुर्तीको व्यवस्था मिलाउन उद्योगी र व्यवसायीलाई आग्रह गरेको छ । चेम्बरले संकटको घडीमा बजारमा आएका र आउन सक्ने सम्भावित अति आवश्यक बस्तुहरुको सहज आपुर्तीको व्यवस्था मिलाउन बस्तुगत संघ संस्थाहरुलाई अनुरोध गरेको छ ।
चेम्बर अफ कमर्स कास्कीका महासचिव उमराज बास्तोलाले संकटको घडीमा कृतिम अभाव अभाव हुन नदिन र व्यावसायी धर्म र मानवीय संवेदनशिलतालाई ख्याल गरी पेट्रोलियम पदाथर्, औषधी, खाद्यान्य लगायत दैनिक उपभोग्य बस्तुहरु सर्वसुलभ र सुपथ मुल्यमा विक्री वितरण गर्न उद्योगी व्यवसायीलाई अनुरोध गरेका छन । विषम परिस्थितिमा सरकारबाट समेत अति आवश्यक बस्तु वाहेक अन्य व्यावसाय बन्द गर्न भनेकोले प्रत्यक्ष असर निजी क्षेत्रलाई परेको उल्लेख गर्दै चेम्बर अफ कमर्स कास्कीको तर्फबाट आइतबार प्रेस विज्ञप्ति प्रकासित गरी उनले विभिन्न सहकारी, वित्तिय संस्था र घरधनीहरुले स्वतह स्फुर्त रुपमा व्याज र घरभाडामा छुट दिएकोमा आभार प्रकट गरेका छन । चेम्बर अफ कास्कीले विषम परिस्थितिमा घरधनी महानुभावबाट घरवहाल र बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा व्याजमा निश्चित समय अवधीका लागि छुट दिएर उद्योगी व्यावसायीलाई सहयोग गरी हौसला प्रदान गर्न आग्रह गरेको छ ।
चेम्बर अफ कमर्स कास्कीले सहज आपुर्ती व्यवस्थापनको लागि कहि कतै कुनै सिकायत र सम्स्या भएमा र कोरोना भाइरसको सक्रमण रोकथामको लागि पहल र सहजीकरणको लागि चेम्बरको तर्फबाट बस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेलको संयोजकत्वमा उच्च स्तरीय समन्व समिति गठन गरेको जनाएको छ । कोरोनाको कारण कुनै समस्या राय सुझाव भएमा चेम्बरको निशुल्क टोलफ्री नम्बर १६६०६१५२०११मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Facebook Comments