Trending

पोखरा-९ मा एउटै परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि 

पोखरा, २७ साउन ।

पोखरा महानगरपालिका वडा नं. ९ मा आज मंगलबार ११ वर्षकी बालिकासहित सात जना कोरोना संक्रमित भेटिएका छन् । यस वडामा दुई दिन अघि पनि दुई जना कोरोना संक्रमित भेटिएका थिए ।

योसंगै पोखरा ९ मा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । आज भेटिएका सात जनामध्ये दुई जना पुरुष र चार जना महिला रहेका छन् ।

उनीहरु सबै एउटै परिवारको भएको बुझिएको छ । उनीहरुको ट्राभल हिस्ट्री छैन । कोरोना संक्रमण समुदायस्तरमै फैलिएको वडाध्यक्ष रामराज लामिछानेले बताए । सबै कोरोना संक्रमित एउटै परिवारका भएकाले अन्यत्र फैलिन नदिनका लागि आफूले छलफल गरिरहेको उनले बताए ।

योसंगै आज गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै गण्डकीमा कूल संक्रमितको संख्या १६ सय ४८ जना पुगेको छ ।

यसैगरी स्याङ्जामा पनि छ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला नै सिल गरिएको स्याङ्जाको पुतलीबजारमै छ जना संक्रमित भेटिएका हुन् । जसमा चार जना महिला र दुई जना पुरुष रहेका छन् ।

आज गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै गण्डकीमा कूल संक्रमितको संख्या १६ सय ४८ जना पुगेको छ । पोखरा ९ वडा कार्यालयले कोरोना संक्रमण समुदाय स्तरमै फैलिइसकेकाले सकभर घरबाहिर ननिस्कन आम नागरिकलाई आग्रह गरिसकेको छ ।

Facebook Comments