प्रदेशको भूमिकाखोज्दै लोकतान्त्रिक खेलकुद

पोखरा ।
पोखरामाआयोजनाहुनलागेको नवौं राष्ट्रिय खेलकुदमानेपाललोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिकाखोज्न सुरु गरेको छ ।
पोखरामाहुनलागेको प्रतियोगितामाप्रदेशका खेल संघ संस्थार पूर्व खेलाडीहरुलाई कुनै भूमिकानदिएको लोकतान्त्रिक खेलकुद संघ, गण्डकी प्रदेशले अयोजना गरेको अग्रज खेलाडी भेटघाट कार्यक्रममाउपस्थितपूर्व खेलाडीहरुले गुनासो गरेका छन् । दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्नभएको ३९ वर्षपछि गण्डकी,प्रदेशको राजधानीपोखरामाआयोजनाहुने प्रतियोगितामापूर्व खेलकर्मी र खेल सँग सम्बन्धीत संघसंस्थालाई कुनै भूमिकानदिएको उनीहरुको गुनासो छ ।
कार्यक्रममानेपाललोकतान्त्रिक खेलकुद संघक केन्द्रीय सदस्यरञ्जन थापाले देश संघीय संरचनामागएपनिखेलका संघ संस्थाहरु त्यहीअनुसार चल्ननसकेको बताए । प्रदेशको राजधानीहुने प्रतियोगितामाप्रदेशको एक जनालाई मात्रसमेटेर उपसमितिको संयोजकतोकेकाले अझै खेलकुदमा केन्द्रीकृत मानसिकताहाबीभएकोउनको भनाई थियो ।
बक्सिङकापूर्व खेलाडी तथापर्यटन व्यावसायी गणेशबहादुर भट्टराइले नवौं राष्ट्रिय गौरवको प्रतियोगिताभएकाले सफलबनाउनलाग्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्ले पोखरामाहुने प्रतियोगितामाप्रदेशकै पूर्व खेलाडीहरुको अनुभवकाआधारमाकामगर्नुपर्नेमाजोड दिंदै प्रदेशभरकापूर्व खेलाडी तथाखेल संघसंस्थालाई कुनै न कुनै भूमिकादिनुपर्ने उनको भनाई थियो । एक फरक प्रसंगमा भट्टराइले संघ नेपालीकांग्रेसको भातृ संठगन भइसकेकाले मैदानमा स्वतन्त्रभएपनि मैदानबाहिर पार्टीलाई हितहुने कार्य गर्नुपर्नेमाजोड दिए । २०४६ सालको आन्दोलन पछि नेपालीकांग्रेसले खेल क्षेत्रको नेतृत्वलिननचाहेकै कारण पछिल्लो समय खेल क्षेत्रमा भ्रष्टचार व्यस्तभएको उनको जिकिर थियो । कम्युनिष्टहरुले आफ्नो सरकार भएको समय क्षेत्रमाआफ्नो प्रभूत्वजमाएको र उनीहरुले अनियमितता गरेको उनको भनाई थियो । तीअनियमितालाई चिर्नकालागिपनिलोकतान्त्र र प्रजातन्त्रमाआस्था राख्ने खेलाडीहरु एकजुट हुनु जरुरी रहेको उनको जिकिर छ ।
कास्कीजिल्लाक्रिकेट संघका अध्यक्ष संजयकान्तसिग्देलले तयारी सुरु भएको समाचारमामात्र पढेको, सुनेको बताए । आफू जिल्लाक्रिकेट संघको अध्यक्षभएपनिअहिलेसम्मकुनै भूमिकानपाएको उनको गुनासो थियो । यसकालागिलोकतान्त्रिक खेलकुद संघले पहलगर्नुपर्ने उनको धारणा छ । पूर्व भलिबल खेलाडी हरी पराजुलीले राष्ट्रिय खेलकुदहुँदामुलआयोजक कमिटीमा गण्डकीको सहभागीताकमहुनु लज्जाको विषयभएको बताए । प्रदेशमाहुने प्रतियोगितामाभूमिकापाएपनिनपाएपनि सहयोग गर्ने उनको प्रतिवद्धता छ तर खेल क्षेत्रमाहुने भ्रष्टचार र बदमासीका विरुद्ध आवाज उठाउन नछोड्ने उनले बताए । नेपालआर्चरी संघका केन्द्रीयउपाध्यक्षबिक्रमथकालीले खेलकुदक्षेत्रमालोकतान्त्रमाआस्था राख्ने खेलाडीको गुनासो र समस्या सुन्नकालागि पार्टीले नेतृत्वलिनुपर्नेमाजोड दिए ।
नेपाललोकतान्त्रिक खेलकुद संघ कास्कीकाअध्यक्षनविनपुनले राष्ट्रिय खेलकुदमागण्डकी प्रदेशको भूमिकाखोज्न तल्लिनहुने धारणा व्यक्त गरे । पोखरामाहुने प्रतियोगिताकाmलागि गठन गरिएको मुलआयोजक समितिमापोखराकै खेल क्षेत्रकाव्याक्ति समेट्नु केन्द्रीकृत मानसिकताको पराकाष्ट भएको उनको भनाई थियो । नेपाललोकतान्त्रिक खेलकुद संघ पार्टीको भातृसंगठन भइसकेकाले पनिविगतमा के भन्दापनिआगामीदिनमा कसरी अगाडि बढ्ने भन्नेमाअग्रजको सल्लाहअनुसार अघि बढ्नुपर्नेमाउनको जोड थियो ।
संघका केन्द्रीयअध्यक्षदेवेन्द्र शेरचनले नवौं राष्ट्रिय खेलकुदमा सबैले छोडेको सुरक्षा र अनुसन्धानउपसमितिमाआफूहरुलाई राख्नखोजेको बताए । गण्डकी प्रदेशमाहुने खेलमासबै उपसमितिको सदस्यमा अट्नुपर्ने आफूहरुको माग रहेको उनले सुनाए । खेलकुदभनेपछि पलिल्ला समय भ्रष्टचार बढि हुने क्षेत्रमा रुपमाचिनिएकाले करिब १ अर्ब खर्च हुने प्रतियोगितामा सबै खेलाडीले पाउनुपर्ने सुविधापाओस भनेर संघर्ष गरिरहेको उनको भनाई थियो । ‘राखेपबाट सुरुमाहामीलाई सुरक्षा र अनुसन्धानउपसमितिमाव्यवस्थापनहुनुप¥यो भन्नुभएको थियो, त्यो त सबैले छोडेको उपसमिति रहेछ हामीले हुदैन भन्यौ, पछि सहसंयोजक राख्ने मौखिक सममतीभएको छ,’ उनले भने, ‘राष्ट्रिय खेलकुदकालागि ५४ करोड त रातो किताब मै छुट्टिएको छ । सबै गरेर एक अर्ब खर्ब हुन्छ त्यसबाट खेलाडीले पाउनुपर्ने सुविधा पाउनुपनर्छ भनेर हामीलागेका छौं ।’
पूर्व खेलाडी र नेपाललोकतान्त्रिक खेलकुद संघको समस्या सम्बोधन गराउनपहलगर्ने नेपालीकांग्रेस गण्डकी प्रदेशका सभापतीशुक्रराजशमाले बताए । नवौं राष्ट्रिय खेलकुदमाप्रदेशकापूर्व खेलाडीहरुको अनुभव र भूमिकाकाविषयमाप्रदेश समितिले विज्ञप्ती प्रकाशित गरेरै दवाबदिने जानकारी दिए । यसकालागि एउटा टिम बनाएर मुख्यमन्त्री सामु जाने उनको भनाई थियो । यदित्यसले कामनगरे काठमाडौं प्रधानमन्त्री सामु पुग्ने उनले बताए । पछिल्लो समय कांग्रेलले खेलकुदबुझिसकेकाले लोकतान्त्रिक खेलकुदलाई पार्टीको भातृ संगठनको मान्यतादिएको उनको भनाई थियो । अब संघ गाउँका वडा वडामा संगठन विस्तारतर्फ लाग्नुपर्नेमाउनको जोड थियो ।

Facebook Comments Box