बागलुङमा स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना संक्रमण

बागलुङमा एक स्वास्थ्य कर्मीमा कोरोना संक्रमण देखिएको छ। बिहिबार जैमिनी नगरपालिकाका स्वास्थ्य कर्मि सहित बाग्लुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमित बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी सहित ६ जनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।गत चैत १५ गते बेल्जीयमबाट फर्किएकी एक किशोरीमा पहिलो पटक संक्रमण देखिएको बाग्लुङमा पहिलो पटक स्वास्थ्य कर्मीमा संक्रमण देखिएको हो ।

चार महिना देखि कोरोना संक्रमितको उपचार गर्दै आएका बाग्लुङका स्वास्थ्यकर्मी अहिले सम्म सुरक्षित भएपनि पछिल्लो समयमा संक्रमित भएका छन् ।जैमिनी नगरपालिकाले केही दिन पहिला स्वास्थ्यकर्मी सहित नगर कार्यपालिकाका सवै कर्मचारीको स्वाव परिक्षणका लागि पोखरास्थित पोखरा स्वास्थ्य प्रतिष्ठानको प्रयोगशालामा पठाएको थियो।त्यस मध्ये एक जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएको छ भने अन्य कर्मचारीको रिपोर्ट नेगेटिभ आएको छ ।

पोखरामा गरिएको परीक्षणमा स्वास्थ्य कर्मीसहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।प्रमुख गुरौका अनुसार बागलुङ नगरपालिकमा १, काठेखोला गाउँपालिकामा २ र बडिगाड गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमितहरुलाई आईसोलेसन लैजाने तयारी भैरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Facebook Comments