Trending

बाराही वेकरीको तेस्रो शाखा मनिपालमा

पोखरा २८ माघ

बाराही वेकरीको तेस्रो शाखा सञ्चालनमा आएको छ ।पोखरा महानगरपालिका–११ फुलबारी स्थित मनिपालमा ७० लाखको लगानीमा सञ्चालनमा आएको शाखाको शुक्रबार एक कार्यक्रमकाबिच पोखरा उद्योग वाण्ज्यि संघका बरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष प्रजापतिले छोटो समयमा नै वेकरीले आफ्नो तेस्रो शाखा विस्तार गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले पोखरा उद्योग वाण्ज्यि संघका पूूर्व अध्यक्ष विश्वशंकर पालिखेका पालमा पोखराले विकाश निर्माण तथा सामाजिक क्षेत्रमा मुहार फेर्न सफल भएको स्मरण समेत गरे ।

त्यस्तै सञ्चालक सुनयना पालिखेले करिब डेढ बर्ष अगाडी कोरोनाकालमा वेकरी व्यवसाय सुरु गरेको भन्दै उनले ग्राहकहरुको मायाका कारण छोटो समयमा नै आफूहरुले तेस्रो शाखा विस्तार गर्न सफल भएको बताइन् । वेकरीमा हाल सम्म ३ करोड भन्दा बढीको लगानी रहेको उनको भनाई छ ।

त्यस्तै पोखरा उद्योग वाण्ज्यि संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले बाराहीले वेकरीको क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले शाखा विस्तारले थप रोजगारीको वातावरण सिर्जना गरेको बताए ।

वेकरीले यसअघि पोखराको लेकसाईड र न्युरोडमा शाखा सञ्चालनमा ल्याइसकेको छ ।

Facebook Comments Box