Trending

भेटेरिनरी दिवस २०२३ को अवसर पारी पोखरा जुलोजिकल पार्कमा अन्तरक्रिया

 

पोखरा ।

नेपाल भेटेरिनरी एशोसियसन गण्डकी प्रदेशले विश्व भेटेरिनरी दिवस २०२३ को अवसर पारी पोखरा जुलोजिकल पार्क वन्यजन्तु उद्धार केन्द्रको अवलोकन संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दिवसको अवसर पारी एशोसियसनले पशु चिकित्सा पेशामा विविधता, समानता र समावेशीताको प्रवद्र्धन भन्ने मुल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा वोल्दै नेपाल सरकार पशु सेवा विभागका उप महानिर्देशक डाक्टर प्रेरणा सेढाइ भट्टराइले भेटेरिनरीमा आवद्ध चिकित्सिकहरुले पेशागत रुपमा विविध क्षेत्रमा काम गर्दै आइरहदा भेटेरिनरी दिवस २०२३ को अवसर पारी बन्यजन्तुको क्षेत्रलाई समेत समेटेर अगाडी लैजान खोजेकोमा धन्यवाद ब्यक्त गरे । संधै घरपालुवा जनवारको क्षेत्रम काम गर्दै आइरहेको चिकित्सकहरुले बन्यजन्तुको क्षेत्रमा समेत अगाडी वढिरहदा उनीहरुले आफ्नो क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने वताउदै भट्टराइले पोखरामा निर्माणाधिन जुलोजिकल पार्कको प्रवद्र्धनमा समेत कार्यक्रमले टेवा पु¥याउने बताइन ।

त्यस्तै पोखरा जुलोजिकल पार्कका भेटेरिनरी अफिसर डाक्टर किशोर आचार्यले पोखरामा निर्माणाधिन जुलोजिकल पार्कमा आएर नेपाल भेटेरिनरी एशोसियसन गण्डकी प्रदेशले अवलोकन संगै कार्यक्रम गरी त्यहां रहेका जीवजन्तुको बारेमा जानकारी लिएकोमा धन्यवाद ब्यक्त गरे । गण्डकी प्रदेशमा घाइते अवस्थामा फेला परेका बन्यजन्तुलाई उद्धार गरी राखिएको पोखरा जुलोजिकल पार्कलाई लक्षित गरी एशोसियसनले प्रदान गरेको औषधीजन्य सामाग्रीले त्यहां रहेका घाइते बन्यजन्तुलाई राहत पुग्ने उनको भनाइ रहेको थियो । पोखरामा रहेको युनाइटेड क्लबको पहलमा २०७२ सालमा सिलान्यास भइ सुरु भएको जुलोजिकल पार्कमा हाल २२ प्रजातिका बन्यजन्तु रहेको वताउदै आचार्यले उद्धार गरी ल्याइएका बन्यजन्तुलाई उपचार पछि खुल्ला बासस्थानमा छोडिने गरेको वताए । त्यसैगरी जुलोजिलक पार्कलाई अध्ययन केन्द्र बनाइ लोप हुन लागेको बन्यजन्तुको प्रजनन केन्द्रको रुपमा समेत जुलोजिकल पार्कलाई लक्षिगरिएको आचार्यले वताए । आगामी आर्थिक वर्षमा उक्त क्षेत्रमा बाघ र भालु समेत ल्याएर राख्ने योजनामा आफुहरु रहेको उनको भनाइ रहेको थियो ।

 

त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापमा कार्यरत भेटेरिनरी डाक्टर सुरेश नेपालीले घरपालुवा जनावारको मात्र नभइ बन्यजन्तुको संरक्षणमा भेटेरिनरीयनहरु लाग्नुपर्नेमा जोड दिए । घरपालुवा भन्दापनि पछिल्लो समय मानिस र जंगली जनावर बीच द्धन्द्ध बढेका कारण बन्यजन्तुहरु घाइते अवस्थामा भेटिने क्रम वढ्दो रुपमा रहेको वताउदै नेपालीले त्यसतर्फ सम्पूर्ण भेटेरिनरीयनहरु लागेको खण्डमा समयमानै जन्यजन्तुको उद्धार हुन सक्ने वताए । बन्यजन्तुकै माध्यामबाट घरपालुवा जनवारहरुमा विभिन्न सरुवा रोगहरु आउने भएकाले बन्यजन्तुको संक्रमणबाट घरपालुवा जनवारलाई जोगाउनुपर्ने उनको भनाइ रहेको थियो ।

नेपाल भेटेरिनरी एशोसियसन गण्डकी प्रदेशका अध्यक्ष डाक्टर राजेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष डाक्टर भाजुराम महतोले स्वागत मन्तब्य राखेका थिएभने संस्थाका सचिज डाक्टर अविनाश भट्टराइले कार्यक्रमको सञ्चालन गरेका थिए ।

सो अवसरमा नेपाल भेटेरिनरी एशोसियसनमा आवद्ध सदस्यहरुलाई पोखरा जुलोजिकल पार्कका भेटेरिनरी अफिसर डाक्टर किशोर आचार्यले बन्यजन्तु उद्धारको वेलामा प्रयोग गरिने डार्ट गनको प्रयोगको वारेमा प्रयोगात्मक प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

Facebook Comments Box