मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १३ हजार ५६४ पुग्याे

१६ असार, काठमाडाैँ । मंगलबार एकैदिन ३१६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार मंगलबार थप ३१६ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १३ हजार ५६४ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा ६० जना कोरोनामुक्त भएर घर फर्किएका छन्। याेसँगै काेराेनामुक्त भएर घर फर्किनेकाे संख्या ३ हजार १ सय ९४ जना पुगेका छन् । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २९ जना पुगेकाे छ । ७७ वटै जिल्लामा कोरोना को संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए।

Facebook Comments