मुलुक संकट झेलि रहेका बेलामा सरकार लाभ हानीको दाउपेचमा –के.स.भण्डारी

काठमाण्डौं ८ भदौ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले मुलुक गम्भीर स्वास्थ्य तथा आर्थिक संकट झेलि रहेका बेलामा सरकार लाभ हानीको दाउपेचमा लागेको बताएका छन् ।

त्यस्तै सरकार देशमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार र नेपालको राष्ट्रियता तथा सनातन धर्ममाथिको अतिक्रमण बढ्दै गएका घटनाहरुप्रति समेत सरकार पूर्ण रुपमा बेखवर रहेको के.स.भण्डारीको रहेको छ । मुलुकको पछिल्ला घटनाको विषयमा सामाजिक सञ्जालमा सो प्रतिक्रिया जनाएका हुन् । त्यस्तै के.स.भण्डारीले सुनियोजित रुपमा सनातन हिन्दु धर्मलाई कमजोर बनाउने खेल भई रहेको बताएका छन् । सनातन हिन्दु धर्मलाई कमजोर बनाउन विभिन्न टिकडमबाजी गरी धर्म परिवर्तन गराउने कार्य भईरहेको छ समेत के.स.भण्डारीको भनाई छ ।

पूर्वमन्त्री समेत रहेका भण्डारीले प्रधानमन्त्रीकै गैर जिम्मेवारी कार्यले राष्ट्रियता माथि धावा बोल्ने कार्यहरु भईरहेको बताएका छन् । गत फागुनमा जन्मदिनमा देशको नक्सा अंकित केक काटेर जन्मदिन मनाउनु अत्यन्त गैरजिम्मेवारी कार्य भएको र प्रधानमन्त्रीको उक्त गैरजिम्मेवारी कार्यले हाल आएर देशको झण्डा जलाउने जस्तो आपराधिक घटना हुन पुगेको भण्डारीको भनाई छ ।त्यसैगरी हिन्दु धर्मको अस्तित्व समाप्त पार्ने हिसाबले गतिविधी भईरहेका र पछिल्लो पटक रौतहट स्थित हनुमान मन्दिरका पुजारी माथि गोली हानी हत्या गर्ने कार्य भएको भण्डारीको भनाई छ । यस किसिम कार्य अत्यन्त खेदजनक भएको स

Facebook Comments