मेगा बैंकले ८.३२ प्रतिशत ब्याजमा कर्जा दिने, दुई दिनमै स्वीकृति हुने

काठमाडौं । मेगा बैंकले सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ ।  बैंकको दशौं बार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो ।अब साना तथा मझौला व्यवसायीहरुले १ करोड रुपैयाँसम्मको कर्जा लिँदा ८.३२ ब्याजदरमै कर्जा पाउनेछन् । यो ब्याजदर एक बर्षसम्म नबढ्ने बैंकले जनाएको छ । 

आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने ब्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । मेगा बैंकका देशभर छरिएका २ सय ६ वटा शाखाबाट यो सुविधा पाइनेछ ।

कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागि यो कर्जा योजनाले लाभ मिल्ने मेगा बैंकले विश्वास लिएको छ ।  

Facebook Comments