यातायात व्यवस्था कार्यालय कास्कीमा डिजिलाइजेसन प्रविधिको सुरुवात


यातायात व्यवस्था कार्यालय कास्कीका सेवाहरु अनलाइन मार्फत प्रदान गरिने भएका छन् । बुधवार यातायात व्यवस्था कार्यालय कास्कीमा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात ब्यवस्था मन्त्री कुमार खड्काले कार्यालयका सम्पूर्ण फाइल र ठड्डाहरु स्क्यानिङ एण्ड डिजिलाइजेसन गर्ने ठेक्का पाएको परामर्शदाता कम्पनी (सिड राजदेवी समृद्धी जे.भी.) ले तयार पारेको मोवाइल एप र वेभसाइटको एक कार्यक्रमका वीच उद्घाटन गरेका छन् ।
कार्यक्रमलाइ सम्वोधन गर्दै मन्त्री खड्काले यातायात कार्यालयहरुबाट प्रदान गरिने सेवामा समयानुकुल सुधार र सरलिकरण गर्ने कार्य गण्डकी प्रदेश सरकारको प्राथमिकतामा परेको बताउदै यातायात कार्यालयहरुले दिने सेवाले गण्डकी प्रदेश सरकारको मूल्याङ्कन हुन बताउनु भयो । उहाँले यातायातका सेवाहरु अनलाइन मार्फत गर्ने कार्यको सूरुवात कास्कीवाट सुरु गर्न लागिएको, सरकारको सफलता यातायात जस्ता सेवा प्रवाह गर्ने कार्यालयहरुले जनताहरुलाई दिने सेवा मार्फत हुने भन्दै जिम्मेवारीका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिदै यातायात कार्यालयको सेवा दिने शैली परम्परावादीबाट मुक्त गराउनु पर्नेमा जोड दिनु भयो । मन्त्री खड्काले कार्यलयका कर्मचारीलाई थप निर्देशन दिदै कार्यलयबाट प्रदान गरिने सेवा सेवाग्राही मैत्री बनाई सरकार भए जस्तो महशुष गराउँन र सेवाग्राहीलाई बिचौलियाको हातबाट मुक्त गराई बिचौलिया रहित कार्यालय बनाउन सहयोगी कक्षलाई प्रभावकारी बनाउनु पर्ने भनाई रहेको थियो । सरकार जनताको सेवक हो र सवै सुविधा र सेवाको पहिलो हकÞदार जनता हो भन्ने लोकतान्त्रिक मान्यताप्रति प्रदेश सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो । उहाँले कार्यालयका काम कार्वाही पेपरलेस बनाउनु पर्ने समेत बताउनु भएको थियो ।
यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लिराम रिजालले यातायात ब्यवस्था कार्यालय सवारी कास्कीमा सूधारको कार्यको थालनी भएको उल्लेख गर्दै कार्यालयको सेवा अनलाइन मार्फत गर्ने गरी कार्यको सुरुवात भएको बताउनु भयो । उहाँले सेवाग्राहीहरुले छिट्टै नै अनलाइनमार्फत सेवा लिन सक्ने जानकारी दिदै कार्यालयमा भएका फाइल र ढड्डाकोे स्क्यानिङ एण्ड डिजिलाइजेसनको कार्यकोे डिजिलाइजेसनका पाँच चरण मध्ये तीन चरण हार्र्डवेयर, सफ्टवेयर, इस्टलेसनका कार्य झण्डैै सम्पन्न भइसकेको र बाँकी कार्यहरु अगामी जेष्ठ मसान्तसम्ममा सकिने र भइरहेको डिजिलाइजेसन प्रक्रियालाइ विस्तार गरी थप प्रविधियुक्त बनाइ नागरिकहरुले घरमै वसेर यातायातका सेवाहरु लिन सक्नेमा विश्वास व्यक्त गर्नु भयोे ।
कार्यक्रमको प्रस्तुती कार्यालयमा हालसम्म भएकोे प्रगती र आगामी कार्ययोजनाका बारेमा परामर्शदाता कम्पनी (सिड राजदेवी समृद्धी जे.भी.)का टिमलिडर कृष्ण कुमार देवले गर्नु भएको थियो । कार्यक्रममा मन्त्रालयका प्रशासन तथा यातायात महाशाखा प्रमुख टीकाराम पौडेल, यातायात ब्यवस्था कार्यालय सवारी, कास्कीका सूचना अधिकारी लक्ष्मीभद्र वाग्ले, यातायात शाखा प्रमुख केदार सापकोटा लगायत विभिन्न कार्यालयहरुका कर्मचारीहरुको उपस्थित रहेको थियो ।

Facebook Comments Box