Trending

युवा परिषद पोखरा १७ को साइबर अपराध तथा लागुपदार्थ दुव्र्यसनी सम्वन्धि सचेतना

पोखरा । नगर युवा परिषद वडा नं. १७ को आयोजनामा साइबर अपराध तथा लागुपदार्थ दुव्र्यसनी सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा वडा नं. १७ स्थित पार्दी माविमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बिहीबार सचेतना जगाइएको हो । ९० जनाभन्दा बढी विद्यार्थी सहभागि उक्त सचेतना कार्यक्रममा प्रहरी निरीक्षक हरी प्रसाद पौडेलले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ की वडाध्यक्ष राधिका कुमारी शाही, वडा १७ कै सचिव मञ्जु ढुङ्गाना, पार्दी माविका प्रधानाध्यपक बामदेव पाैडेल , महानगर युवा परिषदका सदस्य सन्तोष पोखरेल, स्काउट मास्टर महेन्द्र उपाध्यायलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

नगर युवा परिषद वडा १७ की अध्यक्ष सरस्वती पुरीको अध्यक्षतामा सम्पन्न सचेतना कार्यक्रममा स्वागत मन्तव्य युवा परिषद १७ की सदस्य शिवराज न्यौपानेले राखेका थिए । त्यस्तै कार्यक्रमको संचालन परिषदका सचिव प्राणनाथ पौडेलले गरेका थिए । सहजीकरण प्रेम घिमिरे र कृष्ण पौडेलले गरेका थिए ।

Facebook Comments Box