युवा व्यवसायी बानिया चेम्बर अफ कमर्स कास्कीको सदस्य मनोनित


पोखरा, ५ साउन
युवा व्यवसायी किरण बानिया पोखरा चेम्बर अफ कमर्स कास्कीको कार्यसमिती सदस्यमा मनोनित भएका छन् ।
संस्थाका अध्यक्ष किसन सुनारले रिक्त रहेको कार्यसमिती सदस्य पदका लागि बानियालाई प्रस्ताव गरेका थिए । चेम्बर अफ कमर्सको नियमित बैठकबाट अध्यक्ष सुनारको प्रस्तावमा  सर्वसम्मत निर्णय भई मनोनित गरिएको हो ।
बानियाको गोपाल जी ट्रेडिंग प्रालि, गोपाल जी सप्लायर्स, गोपाल जी स्टोर्स र स्टारिस एच आर सर्भिससंग व्यवसायिक आवद्धता रहेको छ । पोखरेली न्युज साप्ताहिकका निर्देशक बानिया लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका द्धितिय उपाध्यक्ष हुन् ।

Facebook Comments