रग्वी संघ कास्कीमा निर्वाचित पदाधिकारीले लिए शपथ

पोखरा । कास्की जिल्ला रग्वी संघमा निर्वाचित पदाधिकारी र कार्यसमितीका सदस्यहरुले शपथ ग्रहण गरेका छन ।पश्चिमाञ्चाल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले निर्वाचित पदाधिकारी र कार्य समितीका सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन ।

गत चैत १ गते सम्पन्न कास्की जिल्ला रग्वी संघको दोस्रो अधिवेशनले सुवाश खडकाको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिती छनौट गरेको थियो । “अधिवेशन लगतै कोभिड १९ को सक्रमणका कारण भएको लकडाउनले शपथ ग्रहण कार्यक्रम हुन सकेको थिएन” नवनिर्वाचित अध्यक्ष खडकाले भने–“भव्य कार्यक्रम गरेर घोषणा गर्ने कार्यक्रम थियो त्यो हुन सकेन ।”

कास्की जिल्ला रग्वी संघको उपाध्यक्षमा नारायण पाहारी, सचिवमा वासु जिशी, कोषाध्यक्षमा सुष्मी श्रेष्ठ, सदस्यमा मिलन गुरुङ, किरण थापा, मदन लम्साल, दिपक गुरुङ, विशाल गोले, मदन क्षेत्री र सुष्मिता थापा रहेका छन ।

कास्कीको रग्वी खेल विकासका लागि विद्यालयस्तरबाट नै उठाउन कार्यक्रमहरु अघि सार्ने नवनिर्वाचित अध्यक्ष खडकाले बताएका छन । संस्थाका निवर्तमान अध्यक्ष कुमार थिङ्गको अध्यक्षतामा भएको शपथ कार्यक्रमको सहजिकरण कास्की जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए ।

Facebook Comments