Trending

रास्ट्रीय संगितकर्मी संघ कास्कीद्वारा राहत वितरण


पोखरा,१ जेष्ठ
राष्ट्रिय संगितकर्मी संघ कास्कीले कोरोना भाइरस कोभिड १९ का कारणले विद्यमान कलाकारको रोजीरोटी खसेको अवस्थामा कास्कीले ४० जना कलाकारलाई राहत वितरणा गरेको छ । राहत वितरण कार्यक्रम कास्कीले निरन्तरता दिदै यसलाई अझै अगाडि बढाउने कार्यक्रमका संयोजक कपिल श्रेष्ठले बताए । कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहालले कलाकारहरुलाई परेको मर्कामा सहयोग गर्न पाउँदा खुसी लागेको र कलाकारलाई सहयोग गर्दै जाने बताए । कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ कास्कीका सल्लाहकार राजेन्द्र सापकोटा, सल्लाहकार कृष्ण प्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठ, सचिव जौमाया हिताङ, सदस्य रिजन बस्ताकोटीको लगाएतले बितरण गरेका

थिए । राहत कार्यक्रममा बोल्दै दृष्टिविहिन कलाकारले संगितकर्मी संघको कामप्रति सम्मान व्यक्त गरेका छन् ।

Facebook Comments