रेवानको आयोजनामा कुकहरुलाई बेकरी तालिम

पोखरा, ३१ साउन
रेष्टुरेण्ट तथा बार एसोसियन (रेवान) पोखराको आयोजनामा पोखरामा चार दिने आधारभूत बेकरी तालिम सम्पन्न भएको छ । पोखराका विभिन्न होटल तथा रेष्टुरेण्टमा कार्यरत कुकहरुलाई बेकरी तालिम प्रदान गरिएको हो ।
तालिमको समापन समारोहमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले तालिमले गुणस्तरीय बेकरी उत्पादनका लागि थप सहयोग हुने बताए । उनले गुणस्तरीय उत्पादनको लागि बजारीकरणका खाँचो नरहेको जनाउँदै उहाँले पर्यटकीय होटलहरुमा अझै दक्ष जनशक्तिको अभाव रहेको बताए । उनले यस्ता तालिमहरुले रोजगारी सृजना गर्ने र विदेश पलायनबाट रोक्न पनि भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल टुरिजम एण्ड होटल म्यानेजम्यान्ट कलेजका अध्यक्ष अशोक पालिखेले नेपाल घुम्न आउने विदेशी पर्यटकलाई गुणस्तरीय खानेकुरा पस्कन तालिम फलदायी हुने बताए ।
कार्यक्रममा नेपाल टुरिजम एण्ड होटल म्यानेजम्यान्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मी, पम्प इन्टिरनेश्नलका प्रशिक्षक हेन्डि, प्रशिक्षार्थी ताराप्रसाद श्रेष्ठ लगायतले तालिमको महत्वलाई दर्शाउँदै आगामि दिनमा पनि यस्ता तालिमको निरन्तरता रहनु पर्ने धारणा राखे ।
तालिममा सहभागि ताराप्रसाद श्रेष्ठ र अंशु प्रधानले तालिमले आफ्नो क्षमतालाई परिष्कृत अवसर प्रदान गरेको र गुणस्तरीय वेकरी उत्पादनको लागि थप ज्ञान हासिल गर्न सफल भएको अनुभव राखोका थिए ।
तालिममा पोखराका विभिन्न होटल तथा रेष्टुरेन्टमा कार्यरत २५ जनाको सहभागीता रहेको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । उनले रेवानले रेष्टुरेण्टका आवश्यकता हेरेर विभिन्न तालिम सञ्चालन गर्दै बताए ।