Trending

लायन्स क्लब अफ पोखरा ब्युटि सिटीद्धारा नेतृत्व विकास तालिम

पोखरा २९ साउन
लायन्स क्लब अफ पोखरा ब्युटि सिटिको आयोजना , लियो क्लब अफ पोखरा संगम र आइसिटि सहकारी संस्थाको समन्वयमा संस्थाका सदस्यहरुलाई एक दिने नेतृत्व विकास तालिम प्रदान गरिएको छ ।
तालिममा  लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालका द्धितिय उपाध्यक्ष एवम महिला उद्यमी मिलन थापाले हरेक क्षेत्रमा गर्विलो उपस्थितिका लागि नेतृत्व विकासको  आवश्यता महत्वपूर्ण हुँदै गएको बताउनुभयो । उहाँले घर परिवार देखि समाज, संघ संस्था र देशलाई सफल बनाउन असल नेतृत्वबाट मात्र सम्भव हुने कुरामा जोड दिनुभयो । बोल्ने कलाले मानिसमा आत्मविश्वास जगाउने भएकाले नेतृत्वका लागि तालिम प्रभावकारी हुने उहाँको भनाइ थियो ।
ब्युटि सिटिका अध्यक्ष सवि शेरचनले पछिल्लो समय महिला विभिन्न सामाजिक संघ संस्थाबाट अगाडि बढ्न चाहे पनि निर्धक्क भएर आफ्नो कुरा राख्न अझै पनि समस्या देखिएका कारण बोल्ने कलासम्बन्धि तालिमको आवश्यतालाई महसुस गरेर नेतृत्व विकाससँगै बोल्ने कला सम्बन्धि तालिम राखेको जानकारी दिनुभयो ।
ब्युटि सिटिका प्रथम उपाध्यक्ष .एवम तालिम संयोजक दुर्गा मर्सानीले एक दिनको छोटो समयले पनि बोल्ने कला सम्बन्धि विविध सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गर्न सफल भएको धारणा राख्नुभयो ।
लियो क्लब अफ पोखरा संगमका अध्यक्ष रोजिना श्रेष्ठले तालिमले माइकको प्रयोग देखि भाषण गर्दा ध्यान दिनुपर्ने विविध विषयको बारेमा स्पष्ट हुन अवसर पाएको अनुभव सुनाउनु भयो ।
तालिममा कम्पयुटर एशोसियसन अफ नेपाल (क्यान) का अध्यक्ष विश्वास भण्डारी, रिजन चियरपर्सन शिला अधिकारी, जोन चेयरपर्सन महेश श्रेष्ठ, डिष्ट्रिक अफिसर मिना प्रधान, डिष्ट्रिक कोचिफ नविना श्रेष्ठ, आइसिटि सहकारीका व्यवस्थापक मनमाया तामाङ लगायतले नेतृत्व विकासको तालिम सम्बन्धि आफ्नो धारणा राख्नुभएको थियो । तालिमा ३० जना सहभागिता रहेको थियो ।संस्थाका सदस्यहरुको नेतृत्व तथा व्यत्तित्व विकास गर्ने उद्देश्यले आयोजित एक दिने तालिमको पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले सहजिकरण गर्नुभएको थियो ।

Facebook Comments Box