लेखनाथ चेम्बर अफ कमर्स गठन


पोखरा
लेखनाथ क्षेत्रका उद्योगी व्यवसायीहरुको भेलाले लेखनाथ चेम्बर अफ कमर्स इकाई गठन गरेको छ ।
इकाईको अध्यक्षमा अशोकप्रसाद बराल, उपाध्यक्षहरुमा शिवप्रसाद भण्डारी र रुद्ररमण रेग्मी, महासचिवमा चन्द्रबहादुर भुजेल, कोषाध्यक्ष लक्ष्मण सुनार, सहकोषाध्यक्ष बद्रीनाथ भण्डारी रहेका छन ।
इकाईको सदस्यहरुमा जीवन गौतम, अमृतकुमार बराल, कृष्ण भण्डारी, अमृत पौडेल, नृपेश अधिकारी, सन्तोष त्रिपाठी, निराजन बराल, शंकर कोइराला, सुवास कंडेल, गजेन्द्र रानामगर, रहेको पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले जानकारी दिए । इकाईको सदस्यहरुमा निरञ्जन विश्वकर्मा, मिरा राई,एसपी ढुंगाना, मोहन भट्टराई, सुजन रानाभाट, कपिल भण्डारी, मनबहादुर सुनार, प्रकास देवकोटा, विवेक गुरुङ, नारायण रसाइली, ईश्वरबहादुर विक छन ।
इकाईको सल्लाहाकारमा जिवन तिवारी, कृष्ण अधिकारी, भगवान खाँड, रामहरि ढुंगाना, विष्णु पुन, रमेश ओझा, रामचन्द्र तिमिल्सिना रहेका छन । भेलामा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष सुनारले साविक लेखनाथ इकाईलाई नगरको मान्यता दिएर काम गर्न सकिने बताए । लेखनाथलाई पर्यटन, कृषि र माछापालन लगायतको क्षेत्रमा विकास गर्न सकिने उल्लेख गर्दै उनले लेखनाथ क्षेत्रलाई व्यवस्थित बसोवासमा ध्यान दिनुृ पर्ने धारणा राखे । अध्यक्ष सुनारले तालै तालको शहर लेखनाथलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।
पोखरा चेम्बर अफ कमर्स कास्कीका वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी गौतम, बस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेल, महासचिव उमराज बास्तोला, कोषाध्यक्ष कमलबहादुर बस्नेत, लेखनाथ इकाईका अध्यक्ष अशोकप्रसाद बराल लगायतले वोलेका थिए ।

Facebook Comments