Trending

शिवम सिमेन्ट्सको ५ औं साधारणसभा सम्पन्न, २४.२१ प्रतिशत लाभांश पारित

काठमाडाैं । शिवम् सिमेन्ट्सको २४.२१ प्रतिशत लाभांश पारित भएको छ। कम्पनीको ५ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को लाभांश पारित गरेको हो ।

सोमबार भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारणसभामा कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सभाले चुक्ता पुँजी ४ अर्ब ४० करोडको २४.२१ प्रतिशतका दरले नगद लाभाँस वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

त्यस्तै आ.व. २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ती लगायतका सबै प्रस्तावहरु सर्वसम्मतिले पारित गर्ने निर्णय गरेको हो ।  सभामा सेयरधनीहरुले व्यक्त गरेका राय, सुझाव, टिप्पणी, जिज्ञासाहरुलाई सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुरेन्द्रकुमार गोयलले जवाफ दिएका थिए ।

अध्यक्ष गोयलले सहभागी सेयर धनीहरुको सल्लाह, सुझाव तथा शुभेक्षाले गर्दा नै कम्पनीको प्रगति र लक्ष्य हासिल गर्न कम्पनी सञ्चालक समिति र व्यवस्थापन तहलाई थप हौसला मिलेको बताए ।

Facebook Comments