संवैधानिक इजलासमा हरिकृष्णको ठाउँमा सपना

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन गरेका छन् ।हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल थपेर अरु न्यायाधीश यथावत राखिएको छ ।संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने निर्णय आज हुनेछ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदन दिने १३ जनामध्ये ११ जनाले बृहत पूर्ण इजलासमा सुनुवाइको माग गरेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएकोमा कार्कीले इजलासमा नबस्ने घोषणा गरेका थिए ।प्रधानन्यायाधीश जबराले आजको इजलासमा कार्कीको ठाउँमा सपना मल्ल प्रधानलाई तोकेका हुन् ।प्रधान पहिलो संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् ।

Facebook Comments