समाज परिवर्तनका लागि सांस्कृतिक क्रान्ति आवश्यकः मन्त्री जगत विश्वकर्मा

अनलाइन वक्तृत्वकला सम्पन्न ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अब समाज परिवर्तनका लागि सांस्कतिक क्रान्ति हुनु पर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले आयोजना गरेको राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिताको फाइनल कार्यक्रममा बोल्दै विश्वकर्माले ठूलाठूला राजनीतिक र आर्थिक क्रान्ति भए पनि समाजमा अभ्रmै पनि सामाजिक भेदभाव भएकाले यसको अन्त्यका लागि अब सांस्कृतिक क्रान्ति हुनु पर्ने बताउनु भएको हो ।आजको साझेदार भोलिका कर्णधार विद्यार्थीहरुको सांस्कृतिक क्रान्तिमा महत्वपूर्ण भूमिका रहने बताउनु भएको हो ।

त्यस्तै कार्यक्रमको समीक्षा गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पूर्व महानिर्देशक बाबुराम पौडेलले विभेदरहीत समाज निर्माणमा विद्यार्थीको भूमिका शीर्षकमा विद्यार्थीले राखेका वक्तृता अत्यन्त प्रंशसनीय भएको भन्दै ९८ जना विद्यार्थीमा विभिन्न चरण पार गर्दै टप टेनमा पर्नु नै ठूलो उपलब्धी भएको बताउनुभयो । प्रतियोगिताको नराम्रो पक्ष भनौँ वा राम्रो पक्ष भनौँ जति नै अब्बल भएता पनि पहिलो, दोस्रो छुट्याउनु पर्ने बाध्यता भएकाले निर्णायकलाई गाह्रो कुरा भएको बताउँदै निणायकको निर्णय सही हुने कुरामा दुइमत नभएकाले पुरस्कृत नहुने विद्यार्थीहरुलाई दुखी नहुन आग्रह गर्नु भयो ।

कार्यक्रमका अध्यक्ष रोमहर्षण पौडेलले संगठनको फेसबुक पेज, युट्युव र देशभरका विभिन्न टिभी एवं रेडियोबाट प्रत्यक्ष प्रशारण गरिएकोले निर्णयमा निश्पक्षता हुने बताउँदै विजयी विद्यार्थीको नामावली आइतबार समापन समारोहमा घोषणा गरिने बताउनु भयो । प्रतियोगितामा प्रथम हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार, तेस्रो हुनेले रु १० हजार, ७ जनालाई रु २ हजारका दरले सान्त्वना पुरस्कार र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने पौडेलले बताउनु भयो ।

प्रतियोगिताका निर्णायक मण्डलमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. यदुनन्दन उपाध्याय, सहप्रा.डा. पुण्यप्रसाद शर्मा, पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत डोलराज अर्याल, नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष डिल्लीराम अर्याल र नेपाली भाषा शिक्षक परिषद कास्कीका कोषाध्यक्ष शिवहरि सुवेदी रहेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्मा, नेकपा पोखरा महानगरका अध्यक्ष एवं नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष दिपक पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष बाबुराम पौडेल बोलेका थिए ।

कार्यक्रमको सञ्चालन संयोजक तिर्थराज ढकाल र प्रविधि संयोजक दामोदर तिमिल्सिनाले गर्नुभएको थियो भने संगठन जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।

कार्यक्रमको मिडिया पार्टनर रेडियो अन्नपूर्ण पोखरा, सहआयोजक तथा सोसल मिडिया पार्टनर कुल्याब्स् डट कम, अनलाइन पार्टनर परिचय नेटवर्क, सारङ्गी न्युज, मादी न्युज विशेष सहयोगी पोखरा महानगरपालिका रहेको छ ।।

Facebook Comments