सहकारी निती, विधि र प्रविधि सहित उत्पादनसंग जोडिनु पर्दछ

गण्डकी, (रासस) ः सहकारी निती, विधि र प्रविधि सहित उत्पादनसंग जोडिनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले सहकारीद्धारा संकलित पुँजीलाई उत्पादनसंग जोडनुको विकल्प नभएको बताए ।
कास्की वचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले सो साधारण सभाको उद्घाटन गर्दै विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसको कारण आर्थिक कारोवार गर्ने संस्थाहरु सवै भन्दा बढी मारमा परेको बताउनुभयो ।
विश्वाका २२१ राष्ट्रहरुमा सहकारी संस्था कृयाशिल रहेको जानकारी दिंदै उहाँले समृद्धि र रोजगार सिर्जना गर्नका लागि सहकारीको संख्या नभई शेर पुँजी वृद्धि गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
पोखरा महानगर सहकारी समितिका सदस्य राधीका शाही योगीले सहकारीहरुले प्राप्त गरेको कार्य क्षेत्रमा आप्mना गतिविधि बढाउँदै महिलालाई आयआर्जनसंग जोडने खालका गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
महानगर सहकारी संघका उपाध्यक्ष लक्ष्मण कोइरालाले नविनतम प्रविधि सहित उत्पादनमा सहकारी बीच प्रतिष्पर्दा हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।
संस्थाका सल्लाहकार संयोजक एवम् कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले सहकारी समाजका विपन्न वर्गको जिविकोपार्जनसंग जोडिनु पर्नेमा जोड दिनुभयो ।
समारोहमा संस्थामा एक बर्षसम्म कारोवार गर्नेमध्ये असल ऋणीतर्पm भक्तबहादुर गुरुङ र असल कारोवारीतर्पm विनिता जिसीलाई सम्मान गरिएको थियो ।
बार्षिक साधारण सभाले संस्थाका अध्यक्ष बासुदेव पौडलले सांगठानिक, नितु शाहीले आर्थिक, रुकुम बहादुर जिसीले लेखा प्रतिवेदन र संस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद बाँस्तोलाले प्रस्तुत गर्नुभएको शेयर सदस्य सहयोग कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८ पारित गरेको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार बिष्णुबहादुर द्धारे, घारीपाटन सहकारीका सचिव लिलबहादुर जिसी, उपाध्यक्ष पवित्रा जि.सी, सचिव गणेश श्रेष्ठ, सञ्चालक कमल पौडेल लगायतले सहकारीको आवश्यकता र महत्व माथि प्रकाश पार्नु भएको थियो ।
कोरोना कहरका बीच असोज १७ गतेदेखि शुरु भएको साधारण सभा आज सम्पन्न भएको हो । चारसय तीन जना शेयर सदस्य रहेको संस्थाको साधारण सभाले ७० बर्ष उमेर पुगेका शेयर सदस्यको मासिक वचतको रकम आवश्यकता अनुसार फिर्ता गर्ने समेत निर्णय गरेको छ ।