सांसद बिद्या भट्टराई द्वारा स्थानीय पुर्बाधार बिकास साझेदारी कार्यक्रमका योजना सार्बजनिक(हेर्नुहोस कहाँ कुन योजना )

कास्की निर्वाचन क्षेत्र न . २ का प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई अधिकारीले आर्थिक बर्ष २०७७-७८को स्थानीय पुर्बाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्बजनिक गरेकी छन् ।भट्टराइले पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो निर्बाचन क्षेत्रमा रु चार करोडका विभिन्न ३० योजना छनोट गरिएको जानकारी दिईन । संघिय सरकारबाट कास्की क्षेत्र नं. २ मा विनियोजित योजनाहरुको समेत जानकारी दिदै उनले योजनामा जनसहभागिताले मात्र   बिकास सार्थक र उपलब्धिमुलक हुने बताइन। भट्टराइले पारदर्शिता जवाफदेहिता र उत्तरदायित्व, लोकतन्त्रको सारभूत मान्यता हो । यस मान्यतालाई परिपालना गर्दै सामाजिक न्याय र समतामूलक समाजको स्थापना गर्ने उद्देश्यका साथ निरन्तर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन । कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष एबम गण्डकी प्रदेस सभा सदस्य कृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

हेर्नुहोस कहाँ कुन योजना


१. बुढानिलकण्ठ बहुउद्देश्य सामुदायिक भवन निर्माण पोखरा ४ – १० लाख
२ .गणेश मन्दिर पछाडीको सडक स्तरोन्नती पोखरा ४ -१० लाख
३ .पोखरा ७ र ६ नं. जोड्ने मुलखोकमा बन्दै गरेको अपुरो कल्बर्ट सहितको पुल निर्माण, रिटेनिङ वाल – २५ लाख
४ .शिवालय मार्ग ढल निर्माण पोखरा८- २० लाख
५ .रक्तसंचार केन्द्र पूर्वाधार निर्माण पोखरा ८ -२० लाख
६ .महेन्द्र मा.वि., नव प्रभात मा.वि. भौतिक संरचना निर्माण पोखरा९ – १० लाख
७ .जलारी समाज भवन, शान्ती दर्शन बहुउद्देश्य भवन निर्माण पोखरा९- १० लाख
८ .शान्तीबन स्थित स्मृति सभाहल र साहारा आधारभूत प्रा.वि.को भवन स्तरोन्नतीपोखरा ९ -१० लाख
९ .जिल्ला ट्राफिक कार्यालय पूर्वाधार निर्माणपोखरा ९- १० लाख
१०. कालीका चोक व्यँसघारी सडक स्तरोन्नती, रामघाट परोपकार संस्था कृयापुत्री भवन जाने बाटो स्तरोन्नतीपोखरा ११- २५ लाख
११ .तुलसीघाट कृयापुत्री भवनपोखरा ११ -१० लाख
१२ .फुलबारी मार्ग (शिव मन्दिरबाट जाने सडक) पोखरा १५ -१५ लाख
१३ .अलकापुर मार्ग स्तरोन्नती पोखरा१५- १५ लाख
१४ .गायकटोल, सिमलखोरिया सडक ढलान तथा स्तरोन्नती पोखरा १६- १० लाख
१५ .जेष्ठ नागरिक दिवा सेवा केन्द्र पोखरा १६- १० लाख
१६ .शान्तीटोल, सुकाले सडक तथा नाला निर्माणपोखरा १६- १० लाख
१७ .घट्टेकुना, ओखले, रञ्जित सडक स्तरोन्नती पोखरा १६ -१० लाख
१८ .नमुनाटोल, भयरथान सामुदायिक भवन निर्माण तथा फुटपाथ ढलान पोखरा १७- १० लाख
१९ .खरबारी सोतोको भलपानी निकास, जनकल्याण टोल भवन निर्माण पोखरा १७- १० लाख
२० .आँखा हस्पिटलदेखी म्यूूजियम जाने घुम्ती काटी बाटो विस्तार, रामनगरटोल स्तरोन्नती पोखरा १७ -१५ लाख
२१ .हरिहर आमा समुह, शिव बहुउद्देश्य भवन निर्माण, देबीडाँडा मालिक मार्ग देउराली सडकपोखरा २०- १५ लाख
२२ .इम्दुपाखा, झुपे पोखरी, विजयपुर, डाँडागाउँ चण्डी सडक स्तरोन्नतीपोखरा २०- १० लाख
२३ .मौजा, लामडाँडा खेल मैदान, कुरगाउँ सांस्कृतिक स्थल संरक्षण पोखरा २० -१५ लाख
२४ .सेल्टारी कृषि सडक तथा हप्राक, डुड्खु, डडेली, एकहाते रामदी खानेपानी पाइपलाइन विस्तार पोखरा २१- १५ लाख
२५ .फोक्सिङकोट संरक्षण, पुष्पलाल अध्ययन केन्द्र संरक्षण पोखरा २१ -१० लाख
२६ .बक्रेक सामुदायिक भवन, चुरेटागाउँ सडक पोखरा २१ -१० लाख
२७ .भण्डारीगाउँ हुँदै अधिकारी गाउँ सडक, धुर्सेनी खेल मैदान पोखरा २१ -१५ लाख
२८ ग.ैह्रागाउँ, जामुनाबोट सामुदायिक भवन पोखरा ३३ -१५ लाख
२९. खरेनी सिगारेबास, लामगादी, उपल्लो पुँडीटार सामुदायिक भवन पोखरा ३३ -२० लाख
३०. हुडीकोट चवादी मोटरबाटो, बरपाण्डेथुम सिडी बाटो पोखरा ३३ -१० लाख

 

 

Facebook Comments