Trending

सृजना मा.वि.को फुटसल प्रतियोगिता सम्पन्न

पोखरा महानगरपलिका वडा नं. ८, शान्तिमार्ग स्थित सृजना आवासीय माध्यमिक विद्यालयको स्पोर्टस् मिट अन्तर्गत विज्ञान तथा व्यवस्थापन समूह कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका बिचमा यही चैत्र १७ गते बिहीबारका दिन फुटसल प्रतियोगिता सम्पन्न भएको छ । यसै विद्यालयका कक्षा ११ र १२ मा अध्यापनरत शिक्षक सूर्य गिरीको संयोजकत्वमा सम्पन्न उक्त खेल भाटभटेनी सुपरमार्केटको फुटसल खेल मैदानमा भएको थियो भने मुख्य प्रयोजकमा ग्लोबल रिच एजुकेशन कन्सल्टेन्सी, न्यूरोड तथा सह–प्रयोजकमा रोयल दिदीबहिनी किचन, बुद्धचोक र यशोधा फुड्स प्रा.लि.द्वारा उत्पादित करेन्ट तयारी चाउचाउका साथसाथै हाइजिन प्याक्स, नेपालद्वारा उत्पादित मानिया म्याग्गो जुसको आधिकारिक बिक्रेता निना इन्टरप्राइजेज रहेको थियो । उक्त खेलमा छात्र तर्फ ९ र छात्रातर्फ ३ गरी १२ ओटा समूह सहभागी भएका थिए । कक्षा १२ सेक्सन ‘ग’ व्यवस्थापनको समूहले छात्रा तर्फ प्रथम स्थान हासिल गर्न सफल भएको छ भने छात्र तर्फ कक्षा ११ सेक्सन ‘ख’ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

Facebook Comments Box