Trending

१४ अर्ब ७४ करोडले घटेको संशोधित बजेट

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले आर्थिक विधेयक २०७८ मार्फत चालु आर्थिक वर्ष २०७८÷७९ को परिमार्जित बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमार्फत चालु आर्थिक वर्षका लागि कुल १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएका हुन् । जुन केपी ओली सरकारले ल्याएको अघिल्लो अध्यादेश बजेट भन्दा १४ अर्ब ७४ करोडले कमी हो ।

ओली नेतृत्व सरकारले अध्यादेश मार्फत कुल १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको थियो ।

१६ खर्ब ३२ अर्ब ८३ करोड मध्ये,चालु खर्च तर्फ कुल ६ खर्ब ७७ अर्ब ९९ करोड,पुँजीगत खर्च तर्फ ३ खर्ब ७८ अर्ब १० करोड र वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ८९ अर्ब ४४ करोड र अन्तरप्रदेश वित्तीय हस्तान्तरण तर्फ ३ खर्ब ८७ अर्ब ३० करोड विनियोजन गरेको सरकारले जनाएको छ ।

विशेषतः अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्दै बजेट ल्याएको सरकारले केही लोकप्रिय कार्यक्रम समेत ल्याएको छ ।

Facebook Comments Box