४७६ जना संक्रमित थपिए, संख्या १३ हजार २४८ पुगे संक्रमित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

बितेको २४ घण्टामा नेपालमा थप ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका ६ जनासहित ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 

संक्रमितमा ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । 

Facebook Comments