पाक्षिक इपेपर

Download | Old E-paper
ताजा समाचार

अक्षयले जिते ‘मिस्टर नेपाल’को उपाधि

बाँनेश्वरका २२ बषिर्या अक्षय रायमाझी ‘मिस्टर नेपाल २०१७’ घोषित भएका छन् । २८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि जितेका हुन् । उनले अभिनयका लागि बिभिन्न अवसरका साथमा थुप्रै गिफ्ट समेत हात पारेका छन् । रायमाझीले २०१७ मा आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा ध्रुव बुढाथोकी, आशिष ताम्राकार क्रमशः फष्ट रनरअप र सेकेन्ड रनरअप घोषित भएका छन् । यस्तै, डा. श्रीराम चन्द, अमृत दाहाल क्रमशः थर्ड रनरअप र फोर्थ रनरअप चुनिए । सबै बिजेताले उपाधिका साथमा विभिन्न उपहार समेत प्राप्त गरे ।

यो प्रतियोगीतामा नायक रेश महरठ्ठा, गायिका कोमल वाली, कलाकार सरिता लामिछाने, खुस्बु खड्का, सन्दीप पोखरेल, नवराज श्रेष्ठ, सुनिल रावल, जगदिश्वर थापा, शैलजा आचार्य मुल्यांकनकर्ताको रुपमा थिए ।

उद्योग मन्त्री नबिन्द्रराज जोसी मुख्य अतिथी रहेको कार्यक्रममा कलाकार किरण केसी, चलचित्र ‘प्रेमगीत’का नायक प्रदीप खड्का, निर्माता सन्तोस सेन, कलाकार रवि गिरी, पत्रकार कुबेर गिरी, श्याम अर्याल लगायत खेलकुद तथा अन्य क्षेत्रका बिभिन्न ब्यक्ति सम्मानित भए ।

FacebookTwitterGoogle+PrintShare