पाक्षिक इपेपर

Download | Old E-paper
ताजा समाचार

वडा सचिव मञ्चद्धारा पोखरा लेखनाथ महानगरका प्रतिनिधिलाई स्वागत

पोखरा लेखनाथ महानगरपालिका वडा सचिव हकहित मञ्चद्धारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाइ कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम मञ्चका अध्यक्ष रुद्रप्रसाद बस्ताकोटीको सभापतित्वमा आइतबार पोखरामा सम्पन्न भएको हो ।

सो अवसरमा महानगरमा निर्वाचित प्रमूख, उपप्रमूख, ३३ वडाका अध्यक्षहरु लगायतका जनप्रतिधिहरु र वडा सचिवहरु वीच परिचयात्मक कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा जननिर्वाचित प्रतिनिधिहरुलाई अविर र माला लगाइ स्वागत तथा बधाइ दिइएको थियो । कार्यक्रमका प्रमूख अतिथि महानगरका प्रमूख मानवहादुर जिसीले कर्मचारी र जनप्रतिनिधि एक आपसमा इमान्दार हुनुपर्नेमा जोड दिएका थिए । जिसीले आफ्नो दायित्व इमान्दारीताका साथ वहन गर्नु पर्ने भन्दै नगरपरिषदबाट कानुन बनाइ दुई दुई वर्षमा सरुवाको थालनी गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । उनले महानगरका वडाहरुलाई श्रोतसाधनले दक्ष बनाएर अगाडि बढ्ने बताएका छन्। सोही कार्यक्रममा उपप्रमूख मन्जुदेवी गुरुङले कर्मचारीहरुलाई निर्देशन दिदै जनप्रतिनिधिसँग नङ र मासुको सम्बन्ध विकसित गरेर जानु पर्ने धारणा राखेका थिए ।

सो कार्यक्रमका सभापति बस्ताकोटीले आफ्नो हराएको अभिभावक पाउदाँ खुसी र उत्साहित भएको धारणा राख्दै सँगै मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । मञ्चका सहसचिव श्रीकान्त तिमिल्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थाका सचिव अर्जुन प्रसाद पौडेलले गरेका थिए ।

FacebookTwitterGoogle+PrintShare