पाक्षिक इपेपर

Download | Old E-paper
ताजा समाचार

लोककविको स्मृति दिवसमा पोखरेलीको कविता संग्रह विमोचित

पोखरामा लोककविअलीमियाँको शतवार्षिकी तथा बाहौं स्मृति दिवसकाअवसरमा साहित्यकार गेहेन्द्र भूषण पोखरेलीको कविता सङ्ग्रह“तसवीर र कवितामा मेरो प्राकृत पोखरा”को गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रीमाननीय नरदेवीपुनले विमोचन गर्नुभयो । मन्त्रीपुनले साहित्यले सधै विकृति, बिसङ्गतिका विरुद्ध अनि राष्ट्रियता र देश निर्माणका पक्षमा सन्देश दिने भएकाले साहित्यकारहरुकाविचार र भावनाहरुलाई राजनितिज्ञहरुले आत्मसात गर्नुपर्ने कुरा बताउनु भयो । मन्तव्यकाक्रममापुनले गण्डकी प्रदेशलाई संस्कृति, शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमाउत्कृष्ट प्रदेश बनाउने र यस क्षेत्रकाजनताहरुलाई मात्रनभइ अरु प्रदेशकाजनता र विदेशीहरुलाई समेत आकर्षित गरी सेवादिन सक्ने बनाउनप्रदेश सरकारले योजनाबनाउनलागेको कुरा बताउनु भयो ।कविता सङग्रहको समीक्षागर्दे वरिष्ठ समालोचकप्राध्यापक डाक्टर रविलालअधिकारीले पोखरेलीकाकवितामाप्रकृति र राष्ट्रियताको गहिरो भाव रहेको कुरा बताउनु भयो । प्राज्ञ रमेशश्रेष्ठ प्रमुखजिल्लाअधिकारी चक्रबहादुर बुढा, साहित्यकार डा. बाबुरामअधिकारी लगाएतले शुभकामनामन्तव्य राख्नु भएको उक्तकार्यक्रममा स्रष्टा पोखरेलीले पुस्तकका केहीकविताहरु सुनाएर श्रोताहरुलाई मन्त्रमुग्धबनाउनु भएको थियो । अलीमियाँलोकवाङ्मय प्रतिष्ठानकाअध्यक्षहनिफमियाँको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागतउपाध्यक्ष हरिदेवी कोइरालाले र सञ्चालन सचिव पद्मराज ढकालले गरेका थिए ।

FacebookTwitterGoogle+PrintShare