पाक्षिक इपेपर

Download | Old E-paper
ताजा समाचार

मालेपाटन छैटौं खुल्ला तीजगीत प्रतियोगिताको तयारी तिव्र

 

पोखरा, ३ भदौ ।

यस वर्ष पनि पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ मालेपाटनमा सूर्यचन्द्र विकास समाज र १६ वटा आमा समूह तथा वित्तीय संस्थाहरुको सहआयोजनामा छैटौं मालेपाटन खुल्ला तीजगीत प्रतियोगिता तथा महिला खेलकुद प्रतियोगिता २०७५ आयोजना हुने भएको छ ।

मालेपाटनको फुटबल मैदानमा भाद्र २५ र २७ गते हुने प्रतियोगितालाई व्यवस्थित र भब्य बनाउन पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ कार्यालयले विशेष सहयोग स्वरुप एकलाख रुपैयाँ पैदान गर्ने भएको छ ।

जयलक्ष्मी सुनचाँदी दुकान पृथ्वीचोक मुख्य प्रायोजनमा आयोजना हुने प्रतियोगितामा यस वर्षदेखि खेलकुद प्रतियोगिता थप कार्यक्रमको रुपमा आयोजना गरिने भएको हो । कार्यक्रमलाई व्यवस्थित रुपमा सफल बनाउन हालै मालेपाटन स्थित क्लव, आमा समूह, वित्तिय संस्थाहरुको सहभागितामा एक विशेष भेला सूर्यचन्द्र विकास समाजका अध्यक्ष गायत्री भूत्र्यालको अध्यक्षतामा सम्पन्न भएको छ ।

सो भेलाले प्रतियोगिताको आर्थिक सहयोग संकलन समिति संयोजकमा सावित्री कोइराला, प्रचारप्रसार समिति संयोजकमा केदार प्रसाद कोइराला, मञ्च व्यवस्थापन समितिमा मणिराम बराल, निर्णायक संयोजन समितिमा उज्वल खत्री, स्वास्थ्यउपचार समितिमा बुद्धिसागर खनाल, स्वयंसेवक व्यवस्थापन समितिमा ज्ञानी थापा, अतिथि सत्कार समितिमा गायत्री भूत्र्याललाई संयोजकको रुपमा जिम्मेवारी प्रदान गरेको छ ।

प्रतियोगिताको सहआयोजक संस्थाहरुमा नमूना आदर्श महिला समूह, गतिशील महिला समूह, चिन्तनशील महिला समूह, शिवालय महिला समूह, सहनशील आमा समूह, रिठेगौंडा आमा समूह, मालेपाटन युनाइटेड क्लव, रातामाटा आमा समूह, बाराही आमा समूह, कञ्चत बचत तथा ऋण सहकारी संस्था लि, धर्मस्थली बचत तथा ऋण सहकारी संस्था लि., बगैंचा बचत तथा ऋण सहकारी संस्था लि, धारापानी आमा समूह, पस्र्याङ बगैंचा युवा क्लव, सर्वेश्वर एकता नारी व्यवसायी समिति, जनहित महिला समूह रहेका छन् ।

FacebookTwitterGoogle+PrintShare