पाक्षिक इपेपर

Download | Old E-paper
ताजा समाचार

आर्थिक अवस्था निराशाजनकः पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले मुलुकको आर्थिक अवस्था अत्यन्तै निराशाजनक रहेको बताएका छन् ।

महँगीले सीमा नाघेको र भ्रष्टाचार बढेको उनको दाबी छ । शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा कांग्रेस नेता महतले भने, ‘प्रधानमन्त्री डाबोस जानुभयो । अत्यन्तै राम्रो हो । तर, देशको अवस्था नसुधारेसम्म लगानी आकषिर्त हुँदैन ।’

देशमा सुशासन छ कि छैन ? भएका नियम, कानुनहरु राम्रोसँग पालना हुन्छन् कि हुँदैनन् ? भ्रष्टाचार समाप्त भएको छ कि छैन ? भन्ने हेनुपर्ने उनले बताए ।

यो सबै निराशजनक रहेको भन्दै उनले विश्व बैंकको ‘डुइङ बिजनेश रिपोर्ट’ मा नेपालको लगानीको वातावरणको अवस्था घटेको उल्लेख भएको स्मरण गरे । टा्रन्सपरेन्सी ईन्टरनेश्नलको रिपोर्टले नेपालमा भ्रष्टाचार बढेको देखाएको उनले बताए ।

FacebookTwitterGoogle+PrintShare